default_image

5 months ago

July 20, 2025

जिम्बाब्वेको लगातार तेस्रो हार

1060 views

0 Bookmark

एजेन्सी – जिम्बाब्वेले घरेलु मैदानमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ ।

दक्षिण अफ्रिकाले आइतवार जिम्बाब्वेलाई ७ विकेटले हराएको छ। १ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा कप्तान राशी भान डर डुसेन र रुबेन हरमनले अर्धशतकीय इनिङ खेले । हरमनले ३६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६३ रन जोडे । तेस्रो विकेटका लागि हरमन र कप्तान राशीले १ सय ६ रनको शतकीय साझेदारी गरे ।

राशीले ४१ बलमा ६ चौकाको सहयोगमा अविजित ५२ रन बनाए । डेवाल्ड ब्रेभिस १३ रनमा अविजित रहे । जिम्बाब्वेका लागि टिनोटिन्डा मफासले २ र रिचार्ड नगर्भाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन‌ बनाएको थियो ।

जिम्बाब्वेका लागि ओपनर ब्रायन बेननेटले ४३ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६१ रन बनाए। रायन बर्लले ३१ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित ३६ रन जोडे ।

ओपनर वेस्ली मधिभेरी १३ तथा कप्तान सिकन्दर राजा ९ रनमा आउट भए । कार्बिन बोसले २, लुंगि एन्गेडी र नान्द्रे बर्गरले समान १ विकेट लिए ।

जिम्बाब्वे अंक बिहिन रहँदै सिरिजबाट बाहिरिएको छ । दक्षिण अफ्रिका र न्युजिल्याण्ड फाइनलमा पुगेका छन् । सहभागी तीन देशबीच डबल राउण्डमा खेल भए पछि शीर्ष स्थानमा रहने दुई देशबीच फाइनल खेल हुनेछ ।

सिरिजको अर्को खेलमा मंगलवार दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्नेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.