default_image

5 months ago

July 21, 2025

वेस्ट इण्डिजमाथि अस्ट्रेलियाको जित

630 views

0 Bookmark

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा वेस्ट इण्डिजलाई पराजित गरेको छ ।

जमैकामा सोमवार बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हराएको हो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ ।

१ सय ९० रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा क्यामरन ग्रीन र मिचेल ओविनले अर्धशतक बनाए । ग्रीनले २६ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५१ रन बनाए । ग्रीनले ओविनसँग पाँचौ विकेटका लागि ८० रनको सानदार साझेदारी गरे ।

ओविन २७ बलमा ६ छक्काको सहयोगमा ५० रन जोडे। ओविनको यो टि ट्वान्टी आईमा डेब्यु खेल थियो । कप्तान मिचेल मार्श १७ बलमा २४, जोस इङ्ग्लिस १८ र कपर कोनेली १३ रनमा आउट भए ।

वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ, गुणकेस मोटी र जेसन होल्डरले समान २ तथा अकिल हुसेनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।

वेस्ट इण्डिजका लागि कप्तान शाइ होप र रोस्टन चेसले अर्धशतक बनाए । चेसले ३२ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे । कप्तान होपले ३९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५५ रन बनाए ।

शिमरन हिटमायर १९ बलमा ३८ तथा ओपनर ब्राण्डन किंग १८ रनमा आउट भए । राम्रो सुरुवात गरेपनि वेस्ट इण्डिज पछिल्लो क्रमको ब्याटिङ खराब रह्यो । पछिल्लो ५ ओभरमा ३७ रन जोड्दा वेस्ट इन्डिजले ६ विकेट गुमायो ।

अस्ट्रेलियाका लागि बेन ड्वारशुसले ४ तथा सन एबट, कपर कोलाइन, नाथन एलिस र मिचेल ओवेनले समान १ विकेट लिए ।

यसअघि भएको तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलियाले क्लिन स्विप गरेको थियो । दोस्रो टि ट्वान्टी आई बुधवार हुनेछ ।

दोस्रो टि ट्वान्टी आई खेल वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.