default_image

4 months ago

July 22, 2025

डसन ८ वर्ष पछि इङ्ग्ल्याण्ड टेस्ट टोलीमा

772 views

0 Bookmark

एजेन्सी – लियम डसनको ८ बर्ष पछि इङ्ग्ल्याण्ड टेस्ट टोलीमा पुनरागमन हुने भएको छ । बुधवार सुरु हुने भारतविरुद्धको चौथो टेस्टमा लियमले पुनरागमन गर्न लागेका हुन् ।

चौथो टेस्टका लागि सोमवार घोषित टोलीमा औंला भाँचिएपछि सिरिजबाट बाहिरिएका शोयब बशिरको स्थानमा डसनलाई टोलीमा राखिएको हो ।

लर्ड्समा अविस्मरणीय जित हासिल गरेको टोलीबाट एक मात्र परिवर्तन गरिएको छ। डसनले अन्तिम पटक सन् २०१७ मा इङ्ग्ल्याण्ड लागि टेस्ट खेलेका थिए । ८ वर्षपछि क्रिकेटको सबैभन्दा लामो ढाँचामा फर्किन लागेका हुन्।

बायाँ हाते अर्थोडक्स स्पिनर डसनले २०१६ मा भारतविरुद्ध डेब्यू गरेका थिए । उनले ३ टेस्टमा ७ विकेट लिएका छन् । ३५ वर्षीय खेलाडीले हाल जारी काउन्टी च्याम्पियनसिप सिजनमा आफ्नो उत्कृष्ट प्रदर्शन गरे पछि टेस्ट टोलीमा पुनरागमनको‌ मौका पाएका हुन् ।

लर्ड्स टेस्ट पछि डसनलाई इङ्गल्याण्डको टोलीमा बसिरको स्थानमा राखिएको थियो । बसिरले पहिलो ३ टेस्टमा इङ्ग्ल्याण्डको लागि फ्रन्टलाइन स्पिनरको रुपमा सुरुवात गरेका थिए । तेस्रो टेस्टमा फिल्डिङ गर्दा उनको औंलामा चोट लागेको थियो। ५ टेस्टको सिरिजमा घरेलु टोली २-१ ले अघि छ ।

इङ्ल्यान्डको प्लेइङ-११

⁠ज्याक क्राउली, ⁠बेन डकेट, ⁠ओली पोप, जो रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ, ⁠लियम डसन, ⁠क्रिस वोक्स, ब्रायडन कार्स, जोफ्रा आर्चर

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]

Success

Thank you for your time.