5 months ago
July 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी दर्ताको लागि आज अन्तिम दिन हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले गत साताको शनिवार देखि खेलाडी दर्ता खुला गरेको थियो । आज राति १२ बजेसम्म खेलाडी दर्ता गर्न सकिने छ । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीले दर्ता गर्न पाउने छन् ।

खेलाडीले ए, बी र सी मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडी दर्ताका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
क्यानको बार्षिक क्यालेन्डर अनुसार एनपिएलको मिनी अक्सन अगस्ट महिनाम हुने तयारी छ । एनपिएलको मिति नतोकिए पनि नोभेम्बर र डिसेम्बर लिगका लागि सम्भावित समय रहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]