default_image

5 months ago

July 22, 2025

रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै

805 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्।

जमैकामा बुधवार बिहान हुने अष्ट्रेलियाविरुद्धको दोस्रो टि ट्वान्टी आई खेलपछि रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् ।

ठूला हिट तथा तीव्र गतिका बलर रहेका रसेलले जमैकाको सबिना पार्कमा रहेको आफ्नो घरेलु मैदानमा अन्तिम अ‌न्तर्राष्ट्रिय खेल खेल्नेछन् ।

रसेलले वेस्ट इन्डिजका लागि एक टेस्ट, ५६ एकदिवसीय र ८५ टि ट्वान्टी आई खेलेका छन् । रसेल वेस्ट इण्डिजले सन् २०१२ र २०१६ मा टि ट्वान्टी विश्वकप जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।

उनले ती खेलहरूमा २ हजार १ सय १४ रन बनाउँनुका साथै १ सय ३२ विकेट लिएका छन् । ‘म क्यारिबियनबाट आउने क्रिकेटरहरुको अर्को पुस्ताको लागि आदर्श बन्दै मेरो अन्तर्राष्ट्रिय करियर उच्च स्तरमा समाप्त गर्न चाहन्छु,’ रसेलले केही दिन अघि भनेका थिए ।

३७ वर्षीय रसेलले २०१९ देखि टि ट्वान्टी क्रिकेट मात्र खेलेका थिए । भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकप आउन एक वर्षभन्दा कम समय बाँकी रहँदा रसेलले सन्यास लिँदैछन् ।

वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु जीवनको सबैभन्दा गर्वको उपलब्धि मध्ये एक रहेको रसेलले बताए ।

‘जब म सानो थिएँ, मैले यो स्तरमा पुग्ने आशा गरेको थिइनँ, तर जति धेरै तपाईं खेल्न थाल्नुहुन्छ र खेललाई माया गर्न थाल्नुहुन्छ, तपाईंले के हासिल गर्न सक्नुहुन्छ भन्ने महसुस गर्नुहुन्छ,’उनले भनेका छन्।

रसेल हालैका महिनामा वेस्ट इन्डिजबाट सन्यास लिने दोस्रो खेलाडी हुन् । निकोलस पूरनले गत महिनामा मात्र २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

उनी विश्वभरको फ्रान्चाइजी लिगका लागि भने उपलब्ध रहने छन् । रसेलले टि ट्वान्टीमा भने ५ सय ६२ खेल खेल्दै ९ हजार ३ सय २४ र ४ सय ८५ विकेट आफ्नो लिएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.