5 months ago
July 22, 2025
एजेन्सी – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्।
जमैकामा बुधवार बिहान हुने अष्ट्रेलियाविरुद्धको दोस्रो टि ट्वान्टी आई खेलपछि रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् ।
ठूला हिट तथा तीव्र गतिका बलर रहेका रसेलले जमैकाको सबिना पार्कमा रहेको आफ्नो घरेलु मैदानमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।
रसेलले वेस्ट इन्डिजका लागि एक टेस्ट, ५६ एकदिवसीय र ८५ टि ट्वान्टी आई खेलेका छन् । रसेल वेस्ट इण्डिजले सन् २०१२ र २०१६ मा टि ट्वान्टी विश्वकप जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।
उनले ती खेलहरूमा २ हजार १ सय १४ रन बनाउँनुका साथै १ सय ३२ विकेट लिएका छन् । ‘म क्यारिबियनबाट आउने क्रिकेटरहरुको अर्को पुस्ताको लागि आदर्श बन्दै मेरो अन्तर्राष्ट्रिय करियर उच्च स्तरमा समाप्त गर्न चाहन्छु,’ रसेलले केही दिन अघि भनेका थिए ।
३७ वर्षीय रसेलले २०१९ देखि टि ट्वान्टी क्रिकेट मात्र खेलेका थिए । भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकप आउन एक वर्षभन्दा कम समय बाँकी रहँदा रसेलले सन्यास लिँदैछन् ।
वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नु जीवनको सबैभन्दा गर्वको उपलब्धि मध्ये एक रहेको रसेलले बताए ।
‘जब म सानो थिएँ, मैले यो स्तरमा पुग्ने आशा गरेको थिइनँ, तर जति धेरै तपाईं खेल्न थाल्नुहुन्छ र खेललाई माया गर्न थाल्नुहुन्छ, तपाईंले के हासिल गर्न सक्नुहुन्छ भन्ने महसुस गर्नुहुन्छ,’उनले भनेका छन्।
रसेल हालैका महिनामा वेस्ट इन्डिजबाट सन्यास लिने दोस्रो खेलाडी हुन् । निकोलस पूरनले गत महिनामा मात्र २९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
उनी विश्वभरको फ्रान्चाइजी लिगका लागि भने उपलब्ध रहने छन् । रसेलले टि ट्वान्टीमा भने ५ सय ६२ खेल खेल्दै ९ हजार ३ सय २४ र ४ सय ८५ विकेट आफ्नो लिएका छन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]