5 months ago
July 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)) र कुवेत क्रिकेट बोर्ड महिला/ पुरुष क्रिकेटलाई बढावा दिन द्विपक्षीय सिरिज आयोजना गर्न सहमत भएको छ ।
पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने साझेदारी भएको क्यानले जनाएको छ।
सम्झौता अनुसार प्रत्येक वर्ष नेपाल र कुवेतमा कम्तिमा ३ टि ट्वान्टी आई तथा केही ५० ओभरका खेलह खेलिने छ ।
यो रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रका एसोसिएट राष्ट्रहरू बीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिन एक महत्त्वपूर्ण कदम हुने आशा गरिएको छ ।
यो साझेदारीले एसियाभरि क्रिकेटको विकास र विकासमा एक प्रमुख कोसेढुङ्गा रहने क्यानले बताएको छ ।
नेपाल र कुवेतले यो वर्षको अन्त्यमा आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिन तयारी गरिरहेको छ । छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]