4 months ago
July 22, 2025
एजेन्सी – भारतीय टेस्ट टोलीलाई इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टअघि खेलाडीको चोटका कारण मार परेको छ ।
भारतीय कप्तान शुभमन गिलले ओल्ड ट्राफोर्डमा हुने टेस्ट अघि आयोजित पत्रकार सम्मेलनमा टोलीका महत्वपूर्ण खेलाडीहरु चोटका कारण बाहिरिएको बताएका छन् । भारतका अलराउण्डर नितिश कुमार रेड्डी सिरिजबाट बाहिरिएका छन् ।
तीव्र गतिका बलर आकाश दिप र अर्शदिप सिंहले चौथो टेस्ट गुमाउने छन् । इङ्ल्याण्ड विरुद्धको तेस्रो टेस्ट क्रममा ग्रोइनमा समस्या भएपछि आकाश दीप समयमै पूर्ण फिट हुन नसकेपछि चौथो टेस्टबाट बाहिरिएका हुन् ।
एजबस्टन टेस्टमा भारतलाई जिताउँन १० विकेट लिएका आकाश दिपको बर्हिगमनले भारतीय टोलीलाई ठूलो नोक्सानी भएको छ । आकाश दिपको स्थानमा अंशुल कम्बोज वा प्रसिद्ध कृष्ण भारतीय प्लेइङ११ मा रहने सम्भावना रहेको छ ।
आकाश दिपको स्थान कम्बोजले लिने सम्भावना छ । कम्बोजले बुधवार सुरु हुने चौथो टेस्टमा मौका पाएमा उनको डेब्यु खेल हुनेछ । कम्बोजले बलिङका साथै ब्याटिङ कारण पनि डेब्यु गर्ने सम्भावना रहेको छ ।
प्रथम श्रेणीको क्रिकेटमा उनको ब्याटिङको औसत १६.२० छ । उनले २४ खेलमा २२ छक्का प्रहार गरेका छन् । प्रसिद्धले भने ८.६ को दरले केवल १ सय ९८ प्रथम श्रेणी रन बनाएका छन्।
‘जब मैले हिजो विकेट देखेँ, त्यो त्यति ओसिलो देखिएन,” गिलले भने, “तर स्पष्ट रुपमा अब मौसमलाई हेर्दा, मलाई लाग्दैन कि विकेटले त्यो ओसिलोपन सुकाउने धेरै सम्भावना छ। त्यसैले मलाई लाग्छ कि बलरको लागि अलि बढी हुनेछ। र सामान्यतया यो स्थलमा, हामीले देखेका अन्य स्थानहरू भन्दा अलि छिटो छ। त्यहाँ अलि बढी गति र उछाल छ।’
यदि साई सुदर्शन टोलीमा फर्किए भने करुण नायरले कहाँ ब्याटिङ गर्छन् भनेर हेर्न रोचक हुनेछ। पहिलो टेस्टमा जहाँ दुवै खेलेका थिए । सुदर्शनले नम्बर ३ मा र नायरले ६ मा ब्याटिङ गरेका थिए ।
नायरले राम्रो सुरुवात गरेका छन् तर तीन टेस्टमा अर्धशतक बनाएका छैनन्। ‘हामीलाई लाग्छ करुण राम्रो ब्याटिङ गरिरहेका छन्,’ गिलले भने।
इङ्ग्ल्याण्डले चौथो टेस्ट खेल्ने आफ्नो प्लेईङ-११ घोषणा गरिसकेको छ । इङ्ग्ल्याण्डको टोलीमा तेस्रो टेस्ट खेलको टोलीमा एक परिवर्तन भएको छ । सोयब बसिरको स्थानमा लियम डसनलाई टोलीमा मौका दिइएको छ ।
५ टेस्टको सिरिजमा घरेलु टोली इङ्ग्ल्याण्ड २-१ ले अघि छ ।


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]