5 months ago
July 22, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।
हरारेमा मंगलवार आफ्नो तेस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि ७ विकेटले हराएको हो। न्युजिल्याण्डले सिरिजको दोस्रो भेटमा दक्षिण अफ्रिकामाथि लगातार जित निकालेको छ ।
१ सय ३५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओपनर टिम साईफर्टले अविजित रहँदै अर्धशतक बनाए । साईफर्ट ४८ बलको सामना गरेर ६ चौका र २ छक्काको सहयोगमा ६६ रन बनाए ।
डेभोन कन्बे १९ तथा मार्क च्यापम्यान १० रनमा आउट हुँदा ड्रेयाल मिचेल २० रनमा अविजित रहे । दक्षिण अफ्रिकाका लागि सिनुरान मुथुस्वामीले २ र एन्डिल सिमिलानेले १ विकेट लिए ।
त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाए थियो ।
दक्षिण अफ्रिकाका ओपनर रिजा हेनड्रिक्सले ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे । एन्डिल सिमिलाने ११, डिवाल्ड ब्रेभिस १३ तथा कप्तान राशि भान डर डुसेन १४ रनमा आउट भए ।
न्युजिल्याण्डका लागि ज्याकोब डफी, एडम मिल्ने, मिचेल स्यान्टनरले समान २ तथा विल ओरुकले १ विकेट लिए । लगातार तेस्रो जित हात पारेको न्युजिल्याण्ड ६ अंकका साथ फाइनल प्रवेश गरिसकेको छ ।
दक्षिण अफ्रिका पनि फाइनल प्रवेश गरिसकेको छ । घरेलु टोली जिम्बाब्वे भने लगातार तेस्रो हारपछि लिग चरणबाट बाहिरिसकेको छ ।
फाइनम शनिवार न्युजिल्याण्ड र दक्षिण अफ्रिका नै खेल्नेछन् । लिग चरणको अन्तिम खेल बिहीवार न्युजिल्याण्ड र जिम्बाब्वे खेल्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]