5 months ago
July 22, 2025
एजेन्सी – बंगलादेशले पाहुना टोली पाकिस्तानसँगको टि ट्वान्टी आई सिरिज जितेको छ ।
मंगलवार दोस्रो टि ट्वान्टी आई खेलमा ८ रनको जित निकाल्दै बंगलादेशले ३ टि ट्वान्टी आई सिरिज जितेको हो । १ सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १ सय २५ रनमा समेटियो ।
पाकिस्तानका लागि फहिम असरफले अर्धशतक बनाए। अन्य ब्याटर नचल्दा जित निकाल्न सकेन । असरफले ३२ बलको सामना गरेर ४ चौका र ४ छक्काको सहयोगमा ५१ रन जोडे ।
टोलीको ३० रन जोडेर ६ विकेट गुमाएको अवस्थामा क्रिजमा आएका असरफ टोलीको स्कोर १ सय २१ रन बनाउँदा आउट भए ।
अब्बास अफ्रदी १९, अहमद धानियाल १७ तथा खुशदिल शाह १३ रनमा आउट भए । पाकिस्तानका माथिल्ला क्रमका ब्याटर पूर्णरुपमा असफल रहँदा टोली पराजित भयो।
बंगलादेशका लागि सरिफुल इस्लामले ३, मेहेदी हसनले २ तथा मुस्ताफिजुर रहमान र रिश्हाद होसैनले समान १ विकेट लिए ।
त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित २० ओभरमा १ सय ३३ रनमा समेटियो ।
बंगलादेशका लागि जाकिर अलिले अर्धशतक बनाए । अलिले ४८ बल खेल्दै १ चौका र ५ छक्काका प्रहार गरे । मेहिदी हसन ३३ र प्रभेज होसैन १३ रनमा आउट भए ।
पाकिस्तानका लागि सलमान मिर्जा, अहमद धानीयाल, अब्बास अफ्रिदीले समान २ तथा फहिम असरफ र मोहम्मद नवाजले समान १ विकेट लिए । अन्तिम टेस्ट अघि बंगलादेशले सिरिजमा २-० ले अग्रता बनाएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]