default_image

5 months ago

July 23, 2025

रसेलको अन्तिम खेलमा अस्ट्रेलियाको सहज जित

900 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाले सहज जित हासिल गरेको छ ।

जमैकामा बुधवार भएको दोस्रो टि ट्वान्टी आई खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिज ८ विकेटले हरायो। जितसँगै अस्ट्रेलियाले ५ टि ट्वान्टी सिरिजमा २-० को अग्रता बनाएको छ ।

१ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको सहज जितमा क्यामरुन ग्रिन र जोस इङ्ग्लिसले अर्धशतकीय इनिङ खेले । इङ्ग्लिसले ३३ बलमा ७ चौका र ५ छक्काको सहयोगमा अविजित ७८ रन बनाए ।

तेस्रो विकेटका लागि इङ्ग्लिस र ग्रिनले ५९ बलमा अविजित १ सय ३१ रनको विजयी साझेदारी गरे ।

वेस्ट इण्डिजविरुद्ध लगातार दोस्रो अर्धशतक बनाउँने क्रममा ग्रिनले ३२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५६ रन जोडे ।

कप्तान मिचेल मार्श १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रन बनाए । ग्लेन म्याक्सवेल १३ रनमा आउट भए।

वेस्ट इण्डिजका जेसन होल्डर र अल्जारी जोसेफले समान १ विकेट लिए । रसेलले १ ओभर बलिङ गर्दै १६ रन खर्चिए ।

त्यसअघि सबाना पार्कमा टस हारेर ब्याटिङको निम्तो वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

ब्राण्डन किंगले ३६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे । अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका रसेल १५ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३६ रन बनाए ।

गुणकेश मोटी ९ बलमा १ चौका र २ छक्काको सहयोगमा १८ रनमा अविजित रहे । रोस्टन चेस १६, शिमरन हिटमायर १४, रोभमन पावेल १२ तथा कप्तान शाई होप ९ रनमा आउट भए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ३, नाथन एलिस र ग्लेन म्याक्सवेलले समान २ तथा बेन ड्वारशुसले १ विकेट लिए ।

तेस्रो टि ट्वान्टी आई शनिवार सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ । पहिलो टि ट्वान्टी आईमा अस्ट्रेलिया ३ विकेटले विजयी भएको थियो ।

रसेलले यसै खेलबाट १५ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेका हुन् । सन् २०१० मा श्रीलंकासँग टेस्ट क्रिकेट खेल्दै रसेलको अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि उनी विश्वभरका फ्रेन्चाइज क्रिकेट लिगका लागि भने उपलब्ध रहने छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.