5 months ago
July 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमयर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले लोगोमा परिवर्तन गरेको छ।
‘गत सिजनको लोगोमा चितवन शब्दलाई अगाडि राखिएको थियो । जुन शहरको पहिचानमा केन्द्रित थियो । तर, यसपटकको लोगोमा राइनोज (गैंडा) लाई मुख्य रुपमा प्रस्तुत गरिएको छ। एक यस्तो प्रतीक जसले हाम्रो टिमको मर्म र फ्यानहरुको भावना दुवैलाई जोड्छ,’ चितवनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।
‘नयाँ लोगो फ्यानहरुको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न गरेको छ । अब फ्यानहरु र गैंडाको पहिचान सँगसँगै लोगोको अगाडि रहने छन् । भावना उही हो तर लाेगाेले टिमकाे भावना अझ स्पष्ट भएको छ,’ चितवनका अध्यक्ष आयुष न्यौपानेले बताए ।
चितवनले पहिलो संस्करणमा खेलमा कर्णाली याक्ससँग पराजित हुदै चौथो स्थानमा रहेको थियो । चितवनले कप्तान तथा मार्की खेलाडी कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दिपक बोहोरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]