5 months ago
July 24, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टमा भारतले ब्याटिङमा मध्यम सुरुवात गरेको छ ।
म्यानचेस्टरमा टस जितेर इङ्ग्ल्यान्डले फिल्डिङ रोजेको थियो। भारतले पहिलो दिन बुधवारको खेल सकिदाँ ४ विकेट गुमाएर २ सय ६४ रन बनाएको छ ।
भारतका साई सुदर्शन र ओपनर यशस्वी जैसवालले अर्धशतक बनाए । सुदर्शनले टेस्ट क्रिकेटमा पहिलो अर्धशतक बनाए । उनले ६१ रन जोडे ।
ओपनर जैशवाल ५८ रनमा आउट भए । पहिलो विकेटका लागि जैसवाल र केएल राहुलले ९४ रनको साझेदारी गरे । राहुल ४६ रनमा तथा कप्तान शुभमन गिल १२ रनमा आउट भए ।
विकेट किपर ऋषभ पन्त ३७ रनमा रिटार्यट हर्ट आउट भए । क्रिस वोक्सको योर्कर बलमा खुट्टामा चोट लागे पछि ऋषभ खेलको बीचमै बाहिरिएका थिए । रविन्द्र जडेजा र शार्दुल ठाकुर क्रिजमा छन् ।
पहिलो दिन घरेलु टोलीका लागि भने बेन स्टोक्सले २ तथा लियम डसन र क्रिस वोक्सले समान १ विकेट लिए ।
५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ । पहिलो र तेस्रोमा इङ्ग्ल्याण्ड तथा दोस्रो टेस्टमा भारत विजयी भएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]