default_image

4 months ago

July 24, 2025

ऋषभ इङ्ग्ल्याण्डविरुद्धको सिरिजबाट बाहिर

902 views

0 Bookmark

एजेन्सी – भारतीय विकेटकिपर ऋषभ पन्त इङ्ग्ल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन्।

चौथो टेस्टको पहिलो दिन बुधबार उनको दाहिने खुट्टामा फ्रयाक्चर भएको पुष्टि भएको छ । ऋषभलाई लागेको चोट फ्र्याक्चर भएको पुष्टि भएको छ।

खेलको दोस्रो सत्रमा पन्तले क्रिस वोक्सको बलमा रिभर्स स्वीप गर्ने प्रयास गर्दा दायाँ खुट्टामा चोट लागेको थियो ।

चोट लागेको ठाउँ तुरुन्तै सुन्निएको थियो । चोटपछि ऋषभ रिटायर हर्ट भएका थिए । उनी त्यतिबेला ३७ रनमा खेलिरहेका थिए । चोट लागे लगत्तै उनलाई गल्फ बग्गीमा मैदानबाट बाहिर निकालिएको थियो । स्क्यानपछि उनको खुट्टामा फ्र्याक्चर भएको पत्ता लगाएको थियो।

नितिश कुमार रेड्डी यसअघि नै सिरिजबाट बाहिरिसकेका छन् ।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]

Success

Thank you for your time.