5 months ago
July 24, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारतले ३ सय ५८ रन बनाएको छ ।
टस जितेर इङ्ग्ल्याण्डले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले मध्यम स्कोर खडा गरेको छ ।
भारतका लागि ३ खेलाडीले अर्धशतक बनाएका थिए । साइ सुर्दशन, यशस्वी जैसवाल र ऋषभ पन्तले अर्धशतक बनाएका थिए । साइ सुदर्शनले सर्वाधिक ६१, ओपनर जैसवालले ५८ र ऋषभले ५४ रन जोडे ।
हिजो क्रिस वोक्सको बलिङमा चोट बोक्दै रिटार्यट आउट भएका ऋषभले आज शार्दुल ठाकुर आउट भए पछि क्रिजमा फर्किएर १७ रन थप्दै ५४ रनमा आउट भए ।
रविन्द्र जडेजा २०, वासिंटन सुन्दर २७ तथा केएल राहुल ४६ रनमा आउट भए । पहिलो इनिङमा घरेलु टोलीका लागि कप्तान बेन स्टोक्सले २४ ओभरमा ७२ रन खर्चिएर ५ विकेट लिए । जोफ्रा आर्चरले ३ तथा क्रिस वोक्स र लियम डसनले समान १ विकेट लिए ।
५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ । पहिलो र तेस्रोमा इङ्ग्ल्याण्ड तथा दोस्रो टेस्टमा भारत विजयी भएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]