default_image

5 months ago

July 24, 2025

भारतको मध्यम योगफल

682 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारतले ३ सय ५८ रन बनाएको छ ।

टस जितेर इङ्ग्ल्याण्डले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले मध्यम स्कोर खडा गरेको छ ।

भारतका लागि ३ खेलाडीले अर्धशतक बनाएका थिए । साइ सुर्दशन, यशस्वी जैसवाल र ऋषभ पन्तले अर्धशतक बनाएका थिए । साइ सुदर्शनले सर्वाधिक ६१, ओपनर जैसवालले ५८ र ऋषभले ५४ रन जोडे ।

हिजो क्रिस वोक्सको बलिङमा चोट बोक्दै रिटार्यट आउट भएका ऋषभले आज शार्दुल ठाकुर आउट भए पछि क्रिजमा फर्किएर १७ रन थप्दै ५४ रनमा आउट भए ।

रविन्द्र जडेजा २०, वासिंटन सुन्दर २७ तथा केएल राहुल ४६ रनमा आउट भए । पहिलो इनिङमा घरेलु टोलीका लागि कप्तान बेन स्टोक्सले २४ ओभरमा ७२ रन खर्चिएर ५ विकेट लिए । जोफ्रा आर्चरले ३ तथा क्रिस वोक्स र लियम डसनले समान १ विकेट लिए ।

५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ । पहिलो र तेस्रोमा इङ्ग्ल्याण्ड तथा दोस्रो टेस्टमा भारत विजयी भएको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.