5 months ago
July 24, 2025
एजेन्सी – पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिजमा सान्त्वना जित हासिल गरेको छ ।
३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै बंगलादेशले जितिसकेको थियो । आज तेस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हरायो।
१ सय ७९ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.४ ओभरमा १ सय ४ रनमा समेटियो । बंगलादेशका मोहम्मद सैफुद्दिनले ३४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३५ रन जोडे ।
ओपनर मोहम्मद नइम १० रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
पाकिस्तानका लागि सलमान मिर्जाले ३, मोहम्मद नवाज र फहिम असरफले समान २ तथा हुसेन तलत, सलमान आगा र अहमद दानियालले समान १ विकेट लिए ।
त्यसअघि शेरे बंग्ला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।
पाकिस्तानका साहिबजाद फर्हानले ४१ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय इनिङ खेले ।
हसन नवाज १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रनमा आउट भए । सइम अयुब २१, मोहम्मद नवाज २७ रनमा आउट हुँदा कप्तान सलमान आगा १२ रनमा अविजित रहे ।
बंगलादेशका तस्किन अहमदले ३, नसुम अहमदले २ तथा मोहम्मद सैफुद्दिन र सरिफुल इस्लामले समान १ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]