default_image

4 months ago

July 25, 2025

इङ्ग्ल्याण्डको मजबुत सुरुवात

690 views

0 Bookmark

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा मजबुत सुरुवात गरेको छ ।

म्यानचेस्टरमा जारी चौथो टेस्टको दोस्रो दिन बिहिवार भारतलाई पहिलो इनिङमा ३ सय ५८ रनमा समेटेको थियो । त्यसपछि पहिलो इनिङ सुरुवात गरेको इङ्ग्ल्याण्डले दोस्रो दिनको समाप्तिसम्म २ विकेट गुमाएर २ सय २५ रन बनाएको छ ।

इङ्ग्ल्याण्ड १ सय ३३ रनले पछि रहेको छ । इङ्ल्याण्डका लागि दुई ओपनर ज्याक क्रली र बेन डकेटले अर्धशतकीय इनिङ खेले । डकेट १३ चौकाको सहयोगमा ९४ रनमा आउट भए ।

पहिलो विकेटका लागि डकेट र क्रलीले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरे । क्रली १३ चौका र १ छक्काको सहयोगमा ८४ रनमा आउट भए ।

इङ्ग्ल्याण्डका लागि ओली पोप २० तथा जो रुट ११ रनमा क्रिजमा रहेका छन् । भारतका लागि रविन्द्र जडेजा र अशुंल कम्बोजले समान १ विकेट लिए । कम्बोजको यो डेब्यु खेल समेत रहेको छ ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो ।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]

Success

Thank you for your time.