default_image

5 months ago

July 25, 2025

डिभिलियर्सको शतकमा दक्षिण अफ्रिकाको जित

1204 views

0 Bookmark

एजेन्सी – कप्तान एबी डिभिलियर्सले शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्डमा लगातार तेस्रो जित निकालेको छ ।

लेस्टरमा बिहिवार इङग्ल्याण्ड च्याम्पियन्सलाई दक्षिण अफ्रिकाले १० विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।

१ सय ५३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान डिभिलियर्सले ५१ बलमा १५ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय १६ रन बनाए ।

अर्का ओपनर हसिम अम्लाले २५ बलमा ४ चौकाको सहयोगमा अविजित २९ रन जोडे । इङ्ग्ल्याण्डका ६ बलर प्रयोग भए पनि विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

इङ्ग्ल्याण्डका ओपनर फिल मस्टर्ड ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । स्मिथ पटेल २४, कप्तान इयान मोर्गान २० तथा मोइन अली १० रनमा आउट भए ।

टिम एम्बोर्स १९ र लियम प्लान्केट १३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका वाइन पार्नेल र इम्रान ताहिरले समान २ तथा क्रिस मोरिस र डुनी ओलीभरले समान २ विकेट लिए ।

सबै ३ खेल जितेको दक्षिण अफ्रिका ६ अंकसहित शीर्ष स्थानमा छ । इङ्ग्ल्याण्ड ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट सन्यास लिएका क्रिकेटरको सहभागिता छ।

प्रतियोगितामा ६ टोलीको सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.