5 months ago
July 25, 2025
एजेन्सी – कप्तान एबी डिभिलियर्सले शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्डमा लगातार तेस्रो जित निकालेको छ ।
लेस्टरमा बिहिवार इङग्ल्याण्ड च्याम्पियन्सलाई दक्षिण अफ्रिकाले १० विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।
१ सय ५३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान डिभिलियर्सले ५१ बलमा १५ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय १६ रन बनाए ।
अर्का ओपनर हसिम अम्लाले २५ बलमा ४ चौकाको सहयोगमा अविजित २९ रन जोडे । इङ्ग्ल्याण्डका ६ बलर प्रयोग भए पनि विकेट लिन सकेनन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

इङ्ग्ल्याण्डका ओपनर फिल मस्टर्ड ३३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । स्मिथ पटेल २४, कप्तान इयान मोर्गान २० तथा मोइन अली १० रनमा आउट भए ।
टिम एम्बोर्स १९ र लियम प्लान्केट १३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका वाइन पार्नेल र इम्रान ताहिरले समान २ तथा क्रिस मोरिस र डुनी ओलीभरले समान २ विकेट लिए ।
सबै ३ खेल जितेको दक्षिण अफ्रिका ६ अंकसहित शीर्ष स्थानमा छ । इङ्ग्ल्याण्ड ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट सन्यास लिएका क्रिकेटरको सहभागिता छ।
प्रतियोगितामा ६ टोलीको सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]