default_image

5 months ago

July 26, 2025

डेबिडको कीर्तिमानी शतकमा अस्ट्रेलियाको जित

1515 views

0 Bookmark

एजेन्सी – टिम डेबिडको कीर्तिमानी शतकमा पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजलाई तेस्रो टि ट्वान्टी आईमा पनि हराएको छ ।

सेन्ट किट्स एण्ड नेभिसमा शनिवार बिहान सकिएको खेलमा अस्ट्रेलियाले ६ विकेटले जित हात पार्यो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आई सिरिज दुई खेल अगावै ३-० ले जितेको छ ।

२ सय १५ रनको विशाल लक्ष्य अस्ट्रेलियाले २३ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । डेबिडले ३७ बलमा ६ चौका र ११ छक्काको सहयोगमा १ सय २ रनको शतकीय इनिङ खेले ।

डेबिडले अस्ट्रेलियाका लागि सबैभन्दा कम बलमा शतक प्रहारको कीर्तिमान बनाए । यसअघि स्कटल्याण्डविरुद्ध जोस इङ्ग्लिसले ४३ बलमा शतक पूरा गरेका थिए ।

डेबिडको टि ट्वान्टी आई करियरको यो पहिलो शतक हो । पाँचौ विकेटका लागि डेबिडले मिचेल ओविनसँग १ सय २८ रनको विजयी साझेदारी गरे । ओविनले १६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर ग्लेन म्याक्सवेल ७ बलमा २०, कप्तान मिचेल मार्श १९ बलमा २२ तथा जोस इङ्ग्लिस १५ रनमा आउट भए ।

वेस्ट इण्डिजका लागि रोमारियो शेफर्डले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

त्यसअघि वन्डर पार्क क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले कप्तान शाइ होपको शतकको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।

कप्तान होपले ५७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय इनिङ खेले ।

होपले टि ट्वान्टी आई करियरको पहिलो शतक बनाए पनि टोलीको जित टार्न सकेनन् । ओपनर ब्राण्डन किंगसँग होपले पहिलो विकेटका लागि १ सय २५ रनको सानदार साझेदारी गरे ।

ओपनर किंग ३६ बलमा ३ चौका र ६ छक्काको सहयोगमन ६२ रनमा आउट भए । शेरफन रादरफोर्ड १२ तथा शिमरन हिटमायर र रोभमन पावेल समान ९ रनमा आउट भए ।

अस्ट्रेलियाका लागि नाथन एलिस, एडम जाम्पा र मिचेल ओविनले समान १ विकेट लिए ।

३ टेस्ट सिरिज क्लिन स्विप गरेको अस्ट्रेलियाले टि ट्वान्टी आई सिरिज पनि जितेको छ । चौथो टि ट्वान्टी आई आइतवार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.