default_image

4 months ago

July 26, 2025

मलेसियालाई उपाधि, हङकङ पराजित

1220 views

0 Bookmark

एजेन्सी – मलेसियाले एसिया प्यासेफिक क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ।

सिंगापुरमा भएको फाइनल हङकङलाई १० विकेटले हराउँदै मलेसियाले उपाधि जितेको हो। वर्षाले प्रभावित खेल ५ ओभरको मात्र भएको थियो ।

५३ रनको लक्ष्य मलेसियाले २.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । मलेसियालाई जित दिलाउन ओपनरद्वय कप्तान साइद अजिज र अस्लाम खान अविजित रहे ।

कप्तान अजिज ९ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३६ रन जोडे । खान ५ बलमा ३ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । हङकङले ३ बलर मात्र प्रयोग गरेको थियो ।

त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ५ ओभरमा ४ विकेट गुमाएर ५२ रन बनायो।

अंशुमन रथले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन जोडे । ओपनर जिशान अलि ६ बलमा १ चौका र १ छक्काको सहयोगमा ११ रनमा आउट भए ।

मलेसियाका लागि विरनदिप सिंहले २ तथा विजय उन्नीले १ विकेट लिए । ४ टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनमा भएको थियो ।

लिग चरणको शीर्ष स्थानमा रहेर हङकङ र मलेसियाले फाइनल खेलेका हुन् । प्रतियोगितामा सिंगापुर र समोअ पनि सहभागी थिए ।

मलेसिया र समोअ आगामी अक्टोबरमा ओमानमा हुने टि ट्वान्टी आई विश्वकप एसिया तथा एसिया प्यासेफिक छनोटमा सहभागी हुनेछन् । हङकङले सेप्टेम्बरमा हुने एसिया कपमा भाग लिनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.