5 months ago
July 26, 2025
एजेन्सी – न्युजिल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ ।
हरारेमा शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३ रनले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो । यससँगै सिरिजमा न्युजिल्याण्डले शतप्रतिशत जितको नतिजा निकालेको छ ।
१ सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर लौहन डर प्रिटोरिय ३५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।
पहिलो विकेटका लागि प्रिटोरिसले अर्का ओपनर रिजा हेनड्रिक्ससँग मिलेर ९२ रनको साझेदारी गरे ।
हेनड्रिक्स ३१ बलमा ४ छक्काको सहयोगमा ३७ रनमा आउट भए । डेवाल्ड ब्रेभिस ३१, कप्तान राशी भान डर डुसेन १८ तथा रुबेन हरमन ११ रनमा आउट भए ।
अन्तिम ओभरमा दक्षिण अफ्रिकाका लागि जितका लागि मात्र ७ रनको आवश्यकता थियो । तर, न्युजिल्याण्डका तीव्र गतिका बलर म्याट हेनरीले २ विकेट लिदै ३ रन मात्र खर्चिए । ओभरको दोस्रो बलमा ब्रेभिस र पाँचौं बलमा जर्ज लिण्डेलाई आउट गराए ।
त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।
न्युजिल्याण्डका लागि ओपनर डेभन कन्वेले ३१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाउँदै आउट भए ।
पहिलो विकेटका लागि अर्का ओपनर टिम साईफर्टसँग मिलेर कन्वेले ७५ रनको साझेदारी गरे । साईफर्टले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन जोडे ।
रचिन रविन्द्रले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन जोडे । ड्यारेल मिचेल १६ रनमा अविजित रहँदा मिचेल ब्रेसवेलले १५ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि लुंगि एन्गेडीले २ तथा नान्द्रे बर्गर, केवान मफाका र सेनुरन मुथुस्वामीले समान १ विकेट लिए ।
सिरिजमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाका अलावा जिम्बाब्वेको पनि सहभागीता रहेको थियो । लिग चरणका खेलहरु डबल राउन्ड रोबिनका भएको थियो ।
लिग चरणका सबै खेल जितेर शीर्षमा रहेको न्युजिल्याण्ड र ४ मध्ये २ खेलमा जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा पुगेका थिए । जिम्बाब्वेले भने खेलेका चारै खेलमा हार बेहोरेको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]