default_image

4 months ago

July 26, 2025

न्युजिल्याण्डलाई उपाधि, दक्षिण अफ्रिका पराजित

384 views

0 Bookmark

एजेन्सी – न्युजिल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ ।

हरारेमा शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३ रनले हराउँदै ‌न्युजिल्यान्डले उपाधि जितेको हो । यससँगै सिरिजमा न्युजिल्याण्डले शतप्रतिशत जितको नतिजा निकालेको छ ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर लौहन डर प्रिटोरिय ३५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।

पहिलो विकेटका लागि प्रिटोरिसले अर्का ओपनर रिजा हेनड्रिक्ससँग मिलेर ९२ रनको साझेदारी गरे ।

हेनड्रिक्स ३१ बलमा ४ छक्काको सहयोगमा ३७ रनमा आउट भए । डेवाल्ड ब्रेभिस ३१, कप्तान राशी भान डर डुसेन १८ तथा रुबेन हरमन ११ रनमा आउट भए ।

अन्तिम ओभरमा दक्षिण अफ्रिकाका लागि जितका लागि मात्र ७ रनको आवश्यकता थियो । तर, न्युजिल्याण्डका तीव्र गतिका बलर म्याट हेनरीले २ विकेट लिदै ३ रन मात्र खर्चिए । ओभरको दोस्रो बलमा ब्रेभिस र पाँचौं बलमा जर्ज लिण्डेलाई आउट गराए ।

त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।

न्युजिल्याण्डका लागि ओपनर डेभन कन्वेले ३१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाउँदै आउट भए ।

पहिलो विकेटका लागि अर्का ओपनर टिम साईफर्टसँग मिलेर कन्वेले ७५ रनको साझेदारी गरे । साईफर्टले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन जोडे ।

रचिन रविन्द्रले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन जोडे । ड्यारेल मिचेल १६ रनमा अविजित रहँदा मिचेल ब्रेसवेलले १५ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि लुंगि एन्गेडीले २ तथा नान्द्रे बर्गर, केवान मफाका र सेनुरन मुथुस्वामीले समान १ विकेट लिए ।

सिरिजमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाका अलावा जिम्बाब्वेको पनि सहभागीता रहेको थियो । लिग चरणका खेलहरु डबल राउन्ड रोबिनका भएको थियो ।

लिग चरणका सबै खेल जितेर शीर्षमा रहेको न्युजिल्याण्ड र ४ मध्ये २ खेलमा जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा पुगेका थिए । जिम्बाब्वेले भने खेलेका चारै खेलमा हार बेहोरेको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.