4 months ago
July 26, 2025
एजेन्सी – इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप लिजेन्ड्समा इण्डियन च्याम्पियन्सले लगातार दोस्रो हार बेहोरेको छ ।
हेडिङ्लीमा शनिवार इण्डियनलाई अस्ट्रेलिया च्याम्पियन्सले ४ विकेटले पराजित गर्यो । पाकिस्तान च्याम्पियन्ससँगको पहिलो खेल खेल्न अस्विकार गरेको इण्डियनले त्यसपछि दुई खेलमा हार बेहोरेको हो ।
२ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा पूरा गर्यो ।
अस्ट्रेलियाका कलुम फर्गुसनले ३८ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । डान क्रिस्टियन ३९, क्रिस लिन २५, बेन कटिङ १५ तथा शन मार्श ११ रनमा आउट भए ।
इण्डियनका लागि पियुष चावलाले ३, हरभजन र्सिहले २ तथा विनय कुमारले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इण्डियन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
इण्डियनका लागि ओपनर शिखर धवनले ६० बलमा १२ चौका र १ छक्काको सहयोगमा ९१ रनको योगदान गरे ।
युसुफ पठान २३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनमा अविजित रहे । ओपनर रोबिन उथप्पा २१ बलमा ३७ तथा सुरेश रैना ११ रनमा आउट भए ।
अस्ट्रेलियाका लागि डान क्रिस्टियनले २ तथा डार्सि शर्टले १ विकेट लिए । खेलेको ३ मध्ये २ मा जित तथा १ मा हार सहित ५ अंक भएको अस्टेलिया दोस्रो स्थानमा उक्लिएको छ । अंक विहिन इण्डियन्स पुछारमा छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ। प्रतियोगितामा ६ टोलीको सहभागी छन् ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]