4 months ago
July 26, 2025
एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२५ मा भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।
एसिसीले शनिवार जारी गरेको एसिया कपको समूह विभाजनमा भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन्।
युएईमा सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८ सम्म हुने पुरुष एसिया कपमाको भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर १४ मा हुनेछ ।
केहीदिन अघि बसेको एसिसीको बोर्ड बैठकले १७औं संस्करणको एसिया कपको मिति घोषणा गरेको थियो । टि ट्वान्टी विश्वकपलाई ध्यानमा राख्दै एसिया कप सोही ढाँचामा खेलाइनेछ । एसिया कपमा पहिलो पटक ८ टोली समावेश हुनेछन् ।
‘ए’ मा ओमान र आयोजक युएई समावेश पनि छन्। समूह ‘बी’ मा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन् । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।
समूहका शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्ने छन् । सुपर चारको शीर्ष स्थानमा रहने दुई टोलीका बीचमा सेप्टेम्बर २८ मा हुनेछ ।
एसिया कपमा एसियाका टेस्ट मान्यता पाएका ५ टोली तथा एसिसी प्रिमियर कपमा शीर्ष ३ युएई, ओमान र हङकङ छन्।
भारत एसिया कपको साविक विजेता हो । सन् २०२३ मा श्रीलंकालाई हराउँदै भारत च्याम्पियन बनेको थियो।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]