default_image

4 months ago

July 26, 2025

एसिया कप- भारत र पाकिस्तान एकै समूहमा

3596 views

0 Bookmark

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२५ मा भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

एसिसीले शनिवार जारी गरेको एसिया कपको समूह विभाजनमा भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन्।

युएईमा सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८ सम्म हुने पुरुष एसिया कपमाको भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर १४ मा हुनेछ ।

केहीदिन अघि बसेको एसिसीको बोर्ड बैठकले १७औं संस्करणको एसिया कपको मिति घोषणा गरेको थियो । टि ट्वान्टी विश्वकपलाई ध्यानमा राख्दै एसिया कप‌ सोही ढाँचामा खेलाइनेछ । एसिया कपमा पहिलो पटक ८ टोली समावेश हुनेछन् ।

‘ए’ मा ओमान र आयोजक युएई समावेश पनि छन्। समूह ‘बी’ मा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन् । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।

समूहका शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्ने छन् । सुपर चारको शीर्ष स्थानमा रहने दुई टोलीका बीचमा सेप्टेम्बर २८ मा हुनेछ ।

एसिया कपमा एसियाका टेस्ट मान्यता पाएका ५ टोली तथा एसिसी प्रिमियर कपमा शीर्ष ३ युएई, ओमान र हङकङ छन्।

भारत एसिया कपको साविक विजेता हो । सन् २०२३ मा श्रीलंकालाई हराउँदै भारत च्याम्पियन बनेको थियो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.