default_image

4 months ago

July 27, 2025

इङ्ल्याण्डविरुद्धको टेस्टमा भारत पछाडि

695 views

0 Bookmark

एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पाँचौं तथा अन्तिम दिनको खेल बाँकी रहँदा भारत १ सय ३७ ले पछाडि छ।

म्यानचेस्टर भारतले दोस्रो इनिङमा २ विकेटको क्षतिमा १ सय ७४ रन बनाउँदा शनिवार चौथो दिनको खेल समाप्त भएको थियो।

पहिलो ओभरमा नै २ विकेट गुमाएर संकटमा परेको टोलीका कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका थिए। उनीहरुले तेस्रो विकेटका लागि १ सय ७४ रनको अविजित साझेदारी गरेका छन् ।

केएल ८७ र गिल ७८ रनमा अविजित छन् । भारतले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो ।

जवाफमा इङ्ग्ल्याण्डले पहिलो इनिङमा सानदार ब्याटिङ गर्दै ६ सय ६९ रन बनाएको थियो। कप्तान बेन स्टोक्स र जो रुटको शतक बनाएपछि टोलीले पहिलो इनिङमा ३ सय ११ रनको अग्रता लिएको थियो।

पूर्व कप्तान रुट १४ चौकाको सहयोगमा १ सय ५० रन बनाएका थिए । ३८औं शतकसँगै रुट टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउँने दोस्रो ब्याटर बने । शीर्ष स्थानमा भारतका सचिन तेन्दुल्कर छन् ।

कप्तान स्टोक्सले ११ चौका र ३ छक्काको सहयोगमा १ सय ४१ रन जोडे । स्टोक्स टेस्ट क्रिकेटको इतिहासमा इङ्ग्ल्याण्डका लागि शतक सहित ५ विकेट लिने पहिलो कप्तान र विश्वका पाँचौं खेलाडी बने ।

यसअघि सन् १९८३ मा पाकिस्तानका कप्तान इमरान खानले भारतविरुद्ध एकै इनिङमा शतक र ५ विकेट लिएका थिए ।

ओली पोप र रुटले तेस्रो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरे । पोप ७१ रन बनाए । इङ्ल्याण्डका लागि दुई ओपनर ज्याक क्रली र बेन डकेटले अर्धशतकीय इनिङ खेले । डकेटले ९४ रन जोडे ।

डकेट र क्रलीले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरे । क्रलीले ८४ रन बनाए । बायडन कार्स ४७ र लियम डसन २६ रनमा आउट भए ।

भारतका लागि रविन्द्र जडेजाले ४, जसप्रित बुमराह र वासिंटन सुन्दरले समान २ तथा अंशुल कम्बोज र मोहम्मद सिराजले समान १ विकेट लिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.