4 months ago
July 27, 2025
एजेन्सी – ओपनर कमरान अकमलको शतकमा पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्समा लगातार तेस्रो जित निकालेको छ ।
हेडिङ्लिमा शनिवार पाकिस्तानले वेस्ट इण्डिज च्याम्पियन्सलाई ४९ रनले पराजित गरेको हो । २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।
वेस्ट इण्डिज च्याम्पियन्सका चाडविक वाल्टनले ३० बलमा ५ छक्कासहित सर्वाधिक ४२ रन जोडे । विलियम पार्किन्स २६ बलमा ३० रन बनाए । ड्बेन ब्राबो २१ बलमा २ चौका र २ छक्कासहित अविजित ३० रन जोडे।
पाकिस्तान च्याम्पियन्सका रुममन रिजले ३ तथा अमिर यामिन र सोहेल तन्विरले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान च्याम्पियन्सलले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
ओपनर अकमलले ६२ बलमा १३ चौका र ५ छक्काको सहयोगमा १ सय १३ रनको शतकीय इनिङ खेले ।कप्तान मोहम्मद हफिज १८ बलमा २ चौकाको सहयोगमा २३ रन जोडे ।
ओपनर शर्जिल खान १४ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । वेस्ट इण्डिज च्याम्पियन्सका ड्बेन ब्राबो, अश्ली नर्स, डभी मोहम्मद र किरन पोलार्डले समान १ विकेट लिए ।
खेलेको तीनै खेलमा जित निकालेको पाकिस्तान च्याम्पियन्स ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ३ मध्ये १ खेलमा जित हात पारेको वेस्ट इण्डिज च्याम्पियन्स अंक तालिकाको चौथो स्थानमा छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ। प्रतियोगितामा ६ टोलीको सहभागी छन् ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]