4 months ago
July 28, 2025
एजेन्सी – इङ्ग्ल्याण्डलाई भारतले चौथो टेस्टमा बराबरीमा रोकेको छ । बराबरीपछि ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्डले २-१ को अग्रता कायमै राखेको छ ।
म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तिसम्म पनि दोस्रो इनिङको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो । आइतवार खेल सकिँदा भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ४ सय २५ रन बनाएको थियो।
दोस्रो इनिङको पहिलो ओभरमा नै २ विकेट गुमाएपछि भारतले दबाबमा परेको थियो। तर कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका थिए। दोस्रो इनिङमा गिल, वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतक बनाउँदै टेस्टलाई बराबरी गराए ।
जडेजाले १३ चौका र १ छक्कासहित १ सय ७ बनाए । गिलले १२ चौकाको साथमा १ सय ३ जोडे । सुन्दरले ९ चौका र १ छक्काको सहयोगमा १ सय १ रन थपे । केएलले ८ चौकासहित९० रन बनाए ।
भारतले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा सानदार ब्याटिङ गर्दै ६ सय ६९ रन बनाएको थियो।
कप्तान बेन स्टोक्स र जो रुटको शतक बनाएपछि टोलीले पहिलो इनिङमा ३ सय ११ रनको अग्रता लिएको थियो। पाँचौ तथा अन्तिम टेस्ट बिहिवार द ओभलमा सुरु हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]