default_image

5 months ago

July 28, 2025

डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सको जित

808 views

0 Bookmark

एजेन्सी – कप्तान एबि डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अस्ट्रेलिया च्याम्पियन्सलाई ९५ रनले हराएको छ।

हेडिङ्लीमा आइतवार २ सय ४२ रनको फराकिलो लक्ष्य पछ्याएको अस्ट्रेलिया च्याम्पियन्स १६.४ ओभरमा १ सय ४६ रनमा अल आउट भयो ।

अस्ट्रेलिया च्याम्पियन्सका बेन कटिंगले २९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित सर्वाधिक ५९ रन बनाए । पिटर सिडेल १७ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे।

कप्तान शन मार्श १३ बलमा ४ चौकाको सहयोगमा १८ , बेन डुक र कलुम फर्गुसन समान १५ तथा डार्सी सर्ट १३ रनमा आउट भए ।

दक्षिण अफ्रिका च्याम्पियन्सका आरोन फन्गिसोले ४, इम्रान ताहिरले ३, वायन पार्नेलले २ तथा हार्डुस भिल्जोजले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका च्याम्पियन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४१ रन बनायो ।

कप्तान डिभिलियर्सले ४६ बलमा १५ चौका र ८ छक्काको सहयोगमा १ सय २३ रन बनाए । डिभिलियर्सको लगातार दोस्रो शतक हो ।

बिहिवार इङ्ग्ल्याण्ड च्याम्पियन्सविरुद्ध पनि शतक प्रहार गरेका थिए । पाकिस्तानसँगको अघिल्लो खेलमा डिभिलियर्सले खेलेका थिएनन् ।

पहिलो विकेटका अर्का ओपनर जेजे स्मिथले १ सय ८७ रनको साझेदारी गरे । स्मिथ ५३ बलमा १० चौका र ३ छक्काको सहयोगमा ८५ रन बनाए । जेपी डुमिनी १६ रनमा आउट भए ।

अस्ट्रेलिया च्याम्पियन्सका पिटर सिडेलले ३ तथा ब्रेट लि, स्टेफन कफिन र डान किस्टियनले समान १ विकेट लिए ।

५ खेलमा ४ खेल जितेको दक्षिण अफ्रिका च्याम्पियन्स ८ अंक सहित शीर्ष स्थानमा छ । अस्ट्रेलिया ४ खेलमा ५ अंक सहित तेस्रो स्थानमा छ ।

हिजो नै भएको अर्को खेलमा इण्डियन च्याम्पियन्सले लगातार तेस्रो हार बेहोर्यो । इङ्ग्ल्याण्ड च्याम्पियन्सले इन्डियन च्याम्पियन्सलाई २३ रनले पराजित गर्यो ।

२ सय २४ रनको लक्ष्य पछ्याएको इण्डियन च्याम्पियन्स ले २० ओभरमा ८ विकेट गुमाएर २ सय रन मात्र बनायो ।

इङ्ग्ल्याण्ड च्याम्पियन्सका रवि भोपाराले ५५ बलमा ८ चौका र ८ छक्काको सहयोगमा १ सय १० रनको शतकीय इनिङ खेले ।

दोस्रो विकेटका लागि इयान बेलसँग मिले भोपाराले १ सय ३१ रनको साझेदारी गरे । बेलले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५४ रन जोडे ।

५ खेलमा पहिलो खेल जितेको इङ्ग्ल्याण्ड ३ अंकका साथ चौथो स्थानमा छ । अंक विहिन इण्डियन च्याम्पियन्स तालिकाको पुछारमा छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ। प्रतियोगितामा ६ टोलीको सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.