default_image

4 months ago

July 28, 2025

डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सको जित

805 views

0 Bookmark

एजेन्सी – कप्तान एबि डिभिलियर्सको शतकमा दक्षिण अफ्रिका च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अस्ट्रेलिया च्याम्पियन्सलाई ९५ रनले हराएको छ।

हेडिङ्लीमा आइतवार २ सय ४२ रनको फराकिलो लक्ष्य पछ्याएको अस्ट्रेलिया च्याम्पियन्स १६.४ ओभरमा १ सय ४६ रनमा अल आउट भयो ।

अस्ट्रेलिया च्याम्पियन्सका बेन कटिंगले २९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित सर्वाधिक ५९ रन बनाए । पिटर सिडेल १७ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे।

कप्तान शन मार्श १३ बलमा ४ चौकाको सहयोगमा १८ , बेन डुक र कलुम फर्गुसन समान १५ तथा डार्सी सर्ट १३ रनमा आउट भए ।

दक्षिण अफ्रिका च्याम्पियन्सका आरोन फन्गिसोले ४, इम्रान ताहिरले ३, वायन पार्नेलले २ तथा हार्डुस भिल्जोजले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका च्याम्पियन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४१ रन बनायो ।

कप्तान डिभिलियर्सले ४६ बलमा १५ चौका र ८ छक्काको सहयोगमा १ सय २३ रन बनाए । डिभिलियर्सको लगातार दोस्रो शतक हो ।

बिहिवार इङ्ग्ल्याण्ड च्याम्पियन्सविरुद्ध पनि शतक प्रहार गरेका थिए । पाकिस्तानसँगको अघिल्लो खेलमा डिभिलियर्सले खेलेका थिएनन् ।

पहिलो विकेटका अर्का ओपनर जेजे स्मिथले १ सय ८७ रनको साझेदारी गरे । स्मिथ ५३ बलमा १० चौका र ३ छक्काको सहयोगमा ८५ रन बनाए । जेपी डुमिनी १६ रनमा आउट भए ।

अस्ट्रेलिया च्याम्पियन्सका पिटर सिडेलले ३ तथा ब्रेट लि, स्टेफन कफिन र डान किस्टियनले समान १ विकेट लिए ।

५ खेलमा ४ खेल जितेको दक्षिण अफ्रिका च्याम्पियन्स ८ अंक सहित शीर्ष स्थानमा छ । अस्ट्रेलिया ४ खेलमा ५ अंक सहित तेस्रो स्थानमा छ ।

हिजो नै भएको अर्को खेलमा इण्डियन च्याम्पियन्सले लगातार तेस्रो हार बेहोर्यो । इङ्ग्ल्याण्ड च्याम्पियन्सले इन्डियन च्याम्पियन्सलाई २३ रनले पराजित गर्यो ।

२ सय २४ रनको लक्ष्य पछ्याएको इण्डियन च्याम्पियन्स ले २० ओभरमा ८ विकेट गुमाएर २ सय रन मात्र बनायो ।

इङ्ग्ल्याण्ड च्याम्पियन्सका रवि भोपाराले ५५ बलमा ८ चौका र ८ छक्काको सहयोगमा १ सय १० रनको शतकीय इनिङ खेले ।

दोस्रो विकेटका लागि इयान बेलसँग मिले भोपाराले १ सय ३१ रनको साझेदारी गरे । बेलले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५४ रन जोडे ।

५ खेलमा पहिलो खेल जितेको इङ्ग्ल्याण्ड ३ अंकका साथ चौथो स्थानमा छ । अंक विहिन इण्डियन च्याम्पियन्स तालिकाको पुछारमा छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका क्रिकेटरको सहभागिता छ। प्रतियोगितामा ६ टोलीको सहभागी छन् ।

राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल अगस्ट २ मा हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.