default_image

4 months ago

July 28, 2025

ऋषभको स्थानमा जगदिशन

1117 views

0 Bookmark

एजेन्सी – चोटग्रस्त भारतीय टेस्ट टोलीका उपकप्तान ऋषभ पन्तको स्थानमा तमिलनाडुका विकेटकिपर एन जगदिशनलाई टोलीमा समावेश गरिएको छ।

इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा बिहिवार ओभलमा सुरु हुनेछ। सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अगाडि छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ऋषभको स्थानमा टोलीमा समेटिएका जगदिशन आइतबार त्यसतर्फ गएको जनाएको छ । उनले पहिलो पटक भारतीय टेस्ट टोलीमा मौका पाएका हुन् ।

ऋषभलाई ओल्ड ट्राफेर्डमा भएको चौथो टेस्टको पहिलो इनिङमा ब्याटिङका क्रममा दाहिने खुट्टामा चोट लागेको थियो । जगदिशन भारतीय टोलीमा ध्रुव जुरेलको ब्याकअप हुनेछन् । ऋषभलाई चोट लागेपपछि तेस्रो र चौथो टेस्टमा विकेटकिपिङ गरेका थिए ।

जगदिशनले २०२३/२४ रणजी ट्रफीमा १३ इनिङमा ७४.१८ को औसतमा ८ सय १६ रन बनाएका थिए । त्यसपछि उनले २०२४/२५ मा १३ इनिङमा ५६.१६ को औसतमा ६ सय ७४ रन बनाएका थिए । त्यसमा उनले २ शतक र ५ अर्धशतक पूरा गरेका थिए ।

सन् २०१६ मा प्रथम श्रेणीमा डेब्यू गरेदेखि जगदिशनको प्रथम श्रेणीमा राम्रो रेकर्ड छ । उनले प्रथम श्रेणी क्रिकेटमा ७९ इनिङमा ४७.५० औसतमा १० शतक र १४ अर्धशतकसहित ३ हजार ३ सय ७३ रन बनाएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.