default_image

4 months ago

July 28, 2025

सुदूरपश्चिमको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट

301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मार्भल टेक्नोप्लास्ट प्रालिसँग एक्सिलेन्स पार्टनरको रुपमा सम्झौता गरेको छ ।

मार्भलका उपाध्यक्ष पवनकुमार सान्चेती र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सोमवार सम्झौतामा हस्ताक्षर गरेका छन् । विज्ञप्तीमार्फत भनेको छ ।

‘हामी सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । क्रिकेटले नेपालभर लाखौँ मानिसलाई जोड्ने काम गर्छ । हामीलाई नयाँ प्रतिभालाई साथ दिन र नेपालको खेलप्रेमी समुदायसँग अझ गहिरो सम्बन्ध स्थापित गर्न पाउनु गौरवको विषय हो,’ मार्भलका उपाध्यक्ष पवनकुमार भने,’ हामी यस सिजन उत्साहपूर्ण खेल प्रदर्शनको प्रतीक्षा गर्दैछौँ, साथै सुदूरपश्चिमलाई मैदानभित्र र बाहिर सफलताको शुभकामना व्यक्त गर्दछौँ।’

‘पवन सरले विगतदेखि नै क्रिकेटलाई निरन्तर साथ दिँदै आउनुभएको छ। मार्भल जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। उहाँको यो सहभागिताले एनपिएललाई अझ उचाइमा पुर्‍याउनेछ, र थप व्यवसायिक संस्थाहरूलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरणा दिनेछ,’ सुदूरपश्चिमका सिइओ खड्काले भने, ‘नेपालको नम्बर एक पाइप कम्पनी मार्भल र ठूलो समर्थक समुदाय भएको हाम्रो फ्रेन्चाइजबीचको यो सहकार्य निकै उपयुक्त भएको छ।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.