4 months ago
July 30, 2025
एजेन्सी – इण्डियन च्याम्पियन इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा मंगलवार वेस्ट इण्डिज च्याम्पियन्सलाई ५ विकेटले पराजित गर्दै इण्डियन च्याम्पियन्स सेमिफाइनल पुगेको हो ।
१ सय ४५ रनको लक्ष्य भारतले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सेमिफाइनल पुग्नको लागि १४.१ ओभरमा जित निकाल्नु पर्ने समिकरणमा थियो । इण्डियन च्याम्पियन्सले ५ बल अगावै जित निकाले थियो ।
स्टुअर्ट बिन्नीले २१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित रुपमा सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान युवराज सिंह ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । युसुफ पठान ७ बलमा २१ रनमा अविजित रहँदा ओपनर शिखर धवन १८ बलमा २५ रन जोडे।
वेस्ट इण्डिज च्याम्पियन्सका ड्वेन स्मिथ र ड्वेन ब्राबोले समान २ तथा शेल्डन कट्रेलले १ विकेट लिए ।
त्यसअघि लेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १ सय ४४ रन बनायो ।
किरन पोलार्डले ४३ बलमा ३ चौका र ८ छक्काको सहयोगमा अविजित रुपमा ७४ रनको अर्धशतकीय इनिङ खेले ।
ड्वेन स्मिथ २१ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । वेस्ट इण्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
इण्डियन्स च्याम्पियन्सका पियुष चावलाले ३, बरुण आरोन र स्टुअर्ट बिन्नीले समान २ तथा पवन नेगीले १ विकेट लिए ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पाकिस्तान च्याम्पियन्स, दक्षिण अफ्रिका च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स र इण्डियन च्याम्पियन्सले सेमिफाइनलमा पुगेका छन् ।
अब पहिलो सेमिफाइनलमा इण्डियन्स र पाकिस्तान तथा दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया च्याम्पियन्स खेल्नेछन् । दुबै सेमिफाइनलका बिहिवार हुनेछ । फाइनल २ अगस्टमा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]