default_image

4 months ago

July 30, 2025

नेपालसँग खेल्ने मेलबर्न स्टार्सको टोली घोषणा

1093 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियामा आगामी महिना आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने मेलबर्न स्टार्स एकेडेमी टोलीको घोषणा भएको छ ।

१४ अगस्ट १४ देखि २४ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी रहने १४ सदस्यीय टोली केही दिन अघि घोषणा भएकाे हो । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका लागि उमेर समूहको प्रतिनिधित्व गरिसकेका क्रिकेटर रहेका छन् ।

नेपाली टोलीले मेलबर्नको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान खेल्ने तालिका छ ।

एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ ।

खेलतालिका अनुसार खेलहरु पाँच वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।

खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।

मेलबर्न स्टार्स एकेडेमीको टोली

अस्टिन एनलेजार्क, म्याक्स बर्थिसेल, लियाम ब्ल्याकफोर्ड, साम इलियट, साम हार्पर, क्रिश्चियन होवे, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, हामिश म्याकेन्जी, जोनाथन मेर्लो, क्यामरन म्याकक्लुर, टम रोजर्स, आर्यन शर्मा, डगलस वारेन

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.