default_image

4 months ago

July 30, 2025

नेपालसँग खेल्ने मेलबर्न स्टार्सको टोली घोषणा

1092 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियामा आगामी महिना आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने मेलबर्न स्टार्स एकेडेमी टोलीको घोषणा भएको छ ।

१४ अगस्ट १४ देखि २४ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी रहने १४ सदस्यीय टोली केही दिन अघि घोषणा भएकाे हो । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका लागि उमेर समूहको प्रतिनिधित्व गरिसकेका क्रिकेटर रहेका छन् ।

नेपाली टोलीले मेलबर्नको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान खेल्ने तालिका छ ।

एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ ।

खेलतालिका अनुसार खेलहरु पाँच वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।

खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।

मेलबर्न स्टार्स एकेडेमीको टोली

अस्टिन एनलेजार्क, म्याक्स बर्थिसेल, लियाम ब्ल्याकफोर्ड, साम इलियट, साम हार्पर, क्रिश्चियन होवे, क्याम्पबेल केलावे, ब्लेक म्याकडोनाल्ड, हामिश म्याकेन्जी, जोनाथन मेर्लो, क्यामरन म्याकक्लुर, टम रोजर्स, आर्यन शर्मा, डगलस वारेन

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.