default_image

4 months ago

July 31, 2025

पाकिस्तान च्याम्पियन्स फाइनलमा

3022 views

0 Bookmark

एजेन्सी – इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको छ ।

आज हुनु पर्ने पहिलो सेमिफाइनलमा इण्डियन च्याम्पियन्सको सामना गर्नु पर्ने थियो । तर, इण्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्ने अस्विकार गरे पछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अंकका आधारमा फाइनल प्रवेश गरेको हो ।

पाकिस्तान च्याम्पियन्स लिग चरणका खेलेका सबै ४ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेको थियो । उता, इण्डियन्स च्याम्पियन्सले भने खेलेको एक मात्र खेलमा विजयी भएर चौथो स्थानमा रहेको थियो ।

इण्डियन्स च्याम्पियन्सले लिग चरणमा पनि पाकिस्तानसँग खेल्न अस्विकार गरेको थियो । आगामी शनिवार उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेता टिमसँग खेल्ने तालिका छ ।

दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका च्याम्पियन्सले अस्ट्रेलिया च्याम्पियन्सको सामना गर्नेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.