4 months ago
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि ट्वान्टी महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहिवार विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने बताएको छ । ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागिता रहने छ ।
सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउँनेछ ।
प्रतियोगिताको खेल तालिका भने केही समयमै घोषणा गरिने आइसिसीले बताएको छ । बंगलादेश र आयरल्याण्डले २०२४ मा आइसिसी महिला विश्वकपमा सहभागिता जनाएका कारण छनोटमा स्वतः स्थान बनाएका छन्।

एसिया छनोटबाट थाइल्याण्ड र नेपाल, अमेरिका क्षेत्रिय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका थिए । बाँकी ५ स्थानहरूमा अफ्रिका र युरोपबाट समान २ र पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट १ टोलीले स्थान बनाउँने छन् ।
नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो।
यसैबीच, इङ्गल्याण्ड र वेल्समा हुने आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ को तालिका पहिले नै जारी भइसकेको छ।
विश्व कप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ। २४ दिनमा ३३ खेल ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्ड सहित ७ वटा मैदानमा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]