default_image

4 months ago

July 31, 2025

भारतले फेरि टस हार्यो

331 views

0 Bookmark

एजेन्सी – इङ्ग्ल्याण्ड भ्रमणमा रहेको भारतले फेरी टस हारेको छ । भारतले घरेलु टोलीविरुद्धको पाँचौ टेस्टमा पनि टस हारेको हो । यसअघि भएका चारै टेस्ट खेलमा पनि भारतले टस हारेको थियो ।

ओभलमा टस जितेर घरेलु टोलीका कप्तान ओली पोपले बलिङ रोजेका हुन् । टस हारेको भारतले ब्याटिङको निम्तो पाएको छ ।

दुवै टोलीले पाँचौ टेस्टमा समान ४ परिवर्तन गरेका छन् । भारतीय टोलीमा चौथो टेस्ट खेलेका ऋषभ पन्त, शार्दुल ठाकुर, जसप्रित बुमराह र अन्शुल कम्बोज टिममा रहेका छैनन् । उनीहरुको स्थानमा धुव्र जुरेल, करुण नायर, आकाश दिप र प्रसिद्ध कृष्णाले टिममा स्थान बनाएका छन् ।

घरेलु टोलीमा भने चौथो टेस्ट खेलेका कप्तान बेन स्टोक्स, जोफ्रा आर्चर, लियम डसन र बायडेन कार्स टिममा रहेका छैनन् । स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको कप्तानी गरिरहेका छन् । त्यस्तै, जोस टंग, जोकेब बेथहेल, जिमी ओभरटर्न र गस एटकिन्सनले टोलीमा मौका पाएका छन् ।

पाँच खेलको टेस्ट सिरिजमा घरेलु टोली २-१ ले अघि रहेको छ । पहिलो र तेस्रो टेस्ट घरेलु टोली जित्दा दोस्रो टेस्ट पाहुना टोलीको पक्षमा रहेको थियो । केही दिन अघि सकिएको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.