4 months ago
July 31, 2025
एजेन्सी – इङ्ग्ल्याण्ड भ्रमणमा रहेको भारतले फेरी टस हारेको छ । भारतले घरेलु टोलीविरुद्धको पाँचौ टेस्टमा पनि टस हारेको हो । यसअघि भएका चारै टेस्ट खेलमा पनि भारतले टस हारेको थियो ।
ओभलमा टस जितेर घरेलु टोलीका कप्तान ओली पोपले बलिङ रोजेका हुन् । टस हारेको भारतले ब्याटिङको निम्तो पाएको छ ।
दुवै टोलीले पाँचौ टेस्टमा समान ४ परिवर्तन गरेका छन् । भारतीय टोलीमा चौथो टेस्ट खेलेका ऋषभ पन्त, शार्दुल ठाकुर, जसप्रित बुमराह र अन्शुल कम्बोज टिममा रहेका छैनन् । उनीहरुको स्थानमा धुव्र जुरेल, करुण नायर, आकाश दिप र प्रसिद्ध कृष्णाले टिममा स्थान बनाएका छन् ।
घरेलु टोलीमा भने चौथो टेस्ट खेलेका कप्तान बेन स्टोक्स, जोफ्रा आर्चर, लियम डसन र बायडेन कार्स टिममा रहेका छैनन् । स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको कप्तानी गरिरहेका छन् । त्यस्तै, जोस टंग, जोकेब बेथहेल, जिमी ओभरटर्न र गस एटकिन्सनले टोलीमा मौका पाएका छन् ।
पाँच खेलको टेस्ट सिरिजमा घरेलु टोली २-१ ले अघि रहेको छ । पहिलो र तेस्रो टेस्ट घरेलु टोली जित्दा दोस्रो टेस्ट पाहुना टोलीको पक्षमा रहेको थियो । केही दिन अघि सकिएको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]