4 months ago
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहिवार बसेको बैठकमा एनपिएलको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
एनपिएलबाट २ करोड ४६ लाख लाख रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ। सो विवरण अनुसार एनपिएल आयोजनाको लागि कुल २० करोड १५ लाख खर्च भएको छ।
फ्रेन्चाइज टोलीलाई टिकट र कमर्सियल राईट बाट उठेको रकमबाट १५ प्रतिशत कर काटेर उठेको रकमको ५० प्रतिशत प्रदान गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए। ८ फ्रेन्चाइज टोलीले कुल ४ करोड ३७ लाख प्राप्त गरे।
क्यानका प्रत्येक प्रदेश संघलाई १० लाख प्रदान गरिने भने अनुरुप ७ प्रदेशलाई कुल ७० लाख प्रदान गरिएको छ। त्यो बाँडफाँड अगाडि क्यानले खुद ७ करोड ५३ लाख आय गरेको जनाएको छ।
एनपिएलको खर्च आम्दानीको विषय चर्चामा थियो। क्यान भित्र पनि आयव्ययको बारेमा प्रश्न उठेको थियो। जसको छानबिन युवा तथा खेलकुद मन्त्रालयले पनि गरिरहेको छ। यसैबीच क्यानले आज हुसाब सार्वजनिक गरेको हो।
क्यान दोस्रो एनपिएलको तयारीमा जुटिसकेको छ। यसबाहेक अन्य विषयको जानकारी केहि दिनमा गराउने पनि प्रवक्ता छुम्पी लामाले बताए।

December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]