4 months ago
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहिवार बसेको बैठकमा एनपिएलको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
एनपिएलबाट २ करोड ४६ लाख लाख रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ। सो विवरण अनुसार एनपिएल आयोजनाको लागि कुल २० करोड १५ लाख खर्च भएको छ।
फ्रेन्चाइज टोलीलाई टिकट र कमर्सियल राईट बाट उठेको रकमबाट १५ प्रतिशत कर काटेर उठेको रकमको ५० प्रतिशत प्रदान गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए। ८ फ्रेन्चाइज टोलीले कुल ४ करोड ३७ लाख प्राप्त गरे।
क्यानका प्रत्येक प्रदेश संघलाई १० लाख प्रदान गरिने भने अनुरुप ७ प्रदेशलाई कुल ७० लाख प्रदान गरिएको छ। त्यो बाँडफाँड अगाडि क्यानले खुद ७ करोड ५३ लाख आय गरेको जनाएको छ।
एनपिएलको खर्च आम्दानीको विषय चर्चामा थियो। क्यान भित्र पनि आयव्ययको बारेमा प्रश्न उठेको थियो। जसको छानबिन युवा तथा खेलकुद मन्त्रालयले पनि गरिरहेको छ। यसैबीच क्यानले आज हुसाब सार्वजनिक गरेको हो।
क्यान दोस्रो एनपिएलको तयारीमा जुटिसकेको छ। यसबाहेक अन्य विषयको जानकारी केहि दिनमा गराउने पनि प्रवक्ता छुम्पी लामाले बताए।

December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]