4 months ago
August 1, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा भारतले सामान्य सुरुवात गरेको छ ।
ओभलमा जारी खेलमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले सामान्य सुरुवात गरेको हो । वर्षाका कारण खेल पटक पटक रोकिएपछि पहिलो दिन ६४ ओभरको मात्र खेल सम्भव भएको थियो ।
पहिलो दिन बिहिवारको खेल सकिँदा भारतले ६ विकेट गुमाएर २ सय ४ रन जोडेको छ । अर्धशतक बनाएका करुण नायर र वासिंटन सुन्दर क्रिजमा छन् ।
त्यसअघि साई सुदर्सन ३८, कप्तान शुभमन गिल २१, धुव्र जुरेल २१ तथा केएल राहुल १४ रनमा आउट भएका थिए । घरेलु टोलीका लागि पहिलो दिन जोस टंग र गस एटकिन्सनले समान २ तथा क्रिस वोक्सले १ विकेट लिए ।
५ टेस्ट सिरिजमा घरेलु टोली २-१ ले अघि रहेको छ । पहिलो र तेस्रो टेस्ट घरेलु टोलीले तथा दोस्रो टेस्ट पाहुना भारतले जितेको थियो । चौथो टेस्ट बराबरीमा सकिएको थियो ।
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]