4 months ago
August 1, 2025
एजेन्सी – रोमान्चक खेलमा अस्ट्रेलिया च्याम्पियन्सलाई १ रनले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन्स इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको फाइनलमा पुगेको छ ।
बर्मिङ्घममा बिहिवार भएको दोस्रो सेमिफाइनल जित्दै दक्षिण अफ्रिका च्याम्पियन्सले पाकिस्तान च्याम्पियन्ससँगको उपाधि भेट पक्का गरेको हो ।
इण्डियन च्याम्पियन्सले खेल्न अस्विकार गरेपछि लिग चरणको अंकका अनुसार पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको थियो ।
१ सय ८७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया च्याम्पियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउँन सक्यो ।
अस्ट्रेलियाका डान क्रिस्टियनले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा अविजित रुपमा सर्वाधिक ४९ रन बनाए ।
ओपनर क्रिस लिन २० बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रनमा आउट भए । डार्सी शर्ट ३३, शन मार्श २५ तथा बेन डुक १२ रनमा आउट भए ।
दक्षिण अफ्रिका च्याम्पियन्सका वाइन पार्नेल र हिडुस भिल्जनले समान २ तथा इमरान ताहिर र डुयनी ओलीभरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका च्याम्पियन्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
जेजे स्मिथ र मोर्नी भानले अर्धशतकीय इनिङ खेले । मोनी ३५ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७६ रन जोडे । स्मिथ ४१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५७ रनमा आउट भए ।
जेपी डुमिनी १४ तथा ह्यारि डेविड्स ११ रनमा आउट भए । अस्ट्रेलिया च्याम्पियन्सका पिटर सिड्लेले ४, डार्सी शर्टले २ तथा ब्रेट लि र डान क्रिस्टियनले समान १ विकेट लिए । फाइनल शनिवार हुनेछ।
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]