default_image

4 months ago

August 1, 2025

वेस्ट इण्डिजको अर्को हार

520 views

0 Bookmark

एजेन्सी – वेस्ट इण्डिजले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को हार बेहोरेको छ । पाकिस्तानसँगको टि ट्वान्टी आईमा विहीबार वेस्ट इण्डिज १४ रनले पराजित भएको छ ।

वेस्ट इण्डिजको यो लगातार नवौं हार हो। यसअघि वेस्ट इन्डिज अस्ट्रेलियासँग ३ टेस्ट र ५ टि ट्वान्टी आईमा पराजित भएको थियो । गत जुनमा आयरल्याण्डलाई पराजित गरे यता वेस्ट इण्डिज जितविहिन रहेको छ ।

अमेरिकाको फ्लोरिडामा भएको खेलमा पाकिस्तानले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।

वेस्ट इण्डिजका लागि ओपनरद्वय जोनसन चार्ल्स र जिवाल एन्ड्रुले समान रुपमा सर्वाधिक ३५ रन जोडे ।

जेसन होल्डर १२ बलमा ४ छक्काका सहित ३० रनमा अविजित रहे । शमार जोसेफ २१ रनमा अविजित रहँदा रोमारियो शेफर्ड १२ तथा शेरफान रदरफर्ड ११ रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद नवाजले ३, सायम आयुबले २ तथा शाहिन शाह अफ्रिदी र सफियान मुकिमले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका लागि ओपजर सायम आयुबले ३८ बलमा ५ चौका र २ छक्का सहित ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । फखर जमान २४ बलमा २८, हसन नवाज २४, फहिम असरफ १५ तथा सहिबाजदा फर्हान १४ रनमा आउट भए ।

वेस्ट इण्डिजका शमार जोसेफले ३ विकेट तथा जेसन होल्डर, अकिल होसेन र रोमारियो शेफर्डले समान १-१ विकेट लिए ।

दुई देशबिचको दोस्रो टि-ट्वान्टी आई आइतवार बिहान हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.