default_image

4 months ago

August 1, 2025

पूर्व क्रिकेटर ममता ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडर

390 views

0 Bookmark

कोहलपुर (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन्।

कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा थापालाई ब्राण्ड एम्बासडरको रूपमा घोषणा गरिएको हो।

कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक नवीन बुढाक्षेत्री र क्रिकेटर ममता थापाबीच एक वर्षका लागि ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

संस्थाले थापालाई आफ्नो केन्द्रिय नीति अन्तर्गत शिक्षा र खेलकुदलाई जोड्ने उद्देश्यका साथ नियुक्त गरेको जानकारी दिएको छ।

निर्देशक बुढाक्षेत्रीले ग्लोबल युनि नेटवर्कले काठमाण्डौंमा प्रधान कार्यालय राखी कोहलपुरमा शाखा कार्यालय स्थापना गरी विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको जानकारी दिए।

‘हामीले विद्यार्थीहरूको चाहना अनुसार अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत लगायतका देशका विश्वविध्यालयहरूमा अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्दै आएका छौं,’ बुढाक्षेत्रीले भने, ‘खेलकुद क्षेत्रमा लामो अनुभव भएका थापाज्यू जस्ता अनुकरणीय व्यक्तित्वलाई ब्राण्ड एम्बासडर बनाउनु संस्थाको अभियानसँग मेल खाने निर्णय हो।’

क्रिकेटर थापाले ग्लोबल युनि नेटवर्कसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्, ‘खेलकुद र शिक्षा परस्पर सम्बन्धित क्षेत्रहरू हुन्। म आफ्नो अनुभव र पहिचानमार्फत यस संस्थाको अभियानमा योगदान दिन पाउँदा गर्व महसुस गरिरहेकी छु।’

थापाले अझ भनिन्, ‘युवाहरूमाझ शिक्षा र करियर निर्माणको सही जानकारी पुर्याउन सक्नु पनि देशका लागि सेवा गर्नु जत्तिकै हो। म यो भूमिकालाई पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.