default_image

4 months ago

August 1, 2025

पूर्व क्रिकेटर ममता ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडर

392 views

0 Bookmark

कोहलपुर (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप-कप्तान ममता थापा ग्लोबल युनि नेटवर्कको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन्।

कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा थापालाई ब्राण्ड एम्बासडरको रूपमा घोषणा गरिएको हो।

कार्यक्रममा ग्लोबल युनि नेटवर्कका निर्देशक नवीन बुढाक्षेत्री र क्रिकेटर ममता थापाबीच एक वर्षका लागि ब्राण्ड एम्बासडर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

संस्थाले थापालाई आफ्नो केन्द्रिय नीति अन्तर्गत शिक्षा र खेलकुदलाई जोड्ने उद्देश्यका साथ नियुक्त गरेको जानकारी दिएको छ।

निर्देशक बुढाक्षेत्रीले ग्लोबल युनि नेटवर्कले काठमाण्डौंमा प्रधान कार्यालय राखी कोहलपुरमा शाखा कार्यालय स्थापना गरी विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको जानकारी दिए।

‘हामीले विद्यार्थीहरूको चाहना अनुसार अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत लगायतका देशका विश्वविध्यालयहरूमा अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्दै आएका छौं,’ बुढाक्षेत्रीले भने, ‘खेलकुद क्षेत्रमा लामो अनुभव भएका थापाज्यू जस्ता अनुकरणीय व्यक्तित्वलाई ब्राण्ड एम्बासडर बनाउनु संस्थाको अभियानसँग मेल खाने निर्णय हो।’

क्रिकेटर थापाले ग्लोबल युनि नेटवर्कसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्, ‘खेलकुद र शिक्षा परस्पर सम्बन्धित क्षेत्रहरू हुन्। म आफ्नो अनुभव र पहिचानमार्फत यस संस्थाको अभियानमा योगदान दिन पाउँदा गर्व महसुस गरिरहेकी छु।’

थापाले अझ भनिन्, ‘युवाहरूमाझ शिक्षा र करियर निर्माणको सही जानकारी पुर्याउन सक्नु पनि देशका लागि सेवा गर्नु जत्तिकै हो। म यो भूमिकालाई पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.