default_image

4 months ago

August 2, 2025

घानीले एकै ओभरमा ४५ रन बनाए

2531 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानका क्रिकेटर उस्मान घानीले एक ओभरमा ४५ रन बनाएका छन् ।

घानीले इङ्ग्ल्याण्डमा जारी इसिएस टि टेन प्रतियोगिताको क्रममा एकै ओभरमा ४५ रन बनाएका हुन् ।

रानिस पार्क स्पोर्टस् मैदान विनबल्डनमा शुक्रवार भएको खेलमा लण्डन काउन्टी क्लबका कप्तान घानीले गिल्डफोर्ड क्रिकेट क्लबविरुद्ध यो सफलता प्राप्त गरेका हुन् ।

घानीले विल आर्नीको आठौं ओभरमा ४५ रन प्रहार गरेका हुन् । आठौं ओभरको पहिलो बलमा नो-बल सहित घानीले छक्का प्रहार गरे । त्यसपछिको फ्रि-हिटमा घानीले छक्का प्रहार गरे ।

ओभरको दोस्रो बलमा वाइडमा चौका प्रहार गरे । त्यसपछिको अर्को बलमा छक्का प्रहार गरे । तेस्रो बलमा फेरि भएको नो-बलमा घानीले चौका प्रहार गरे । त्यसपछिको फ्रि-हिटमा घानीले फेरि छक्का प्रहार गरे ।

चौथो बलमा डट राखेका आर्नीले पाँचौ बलमा छक्का प्रहार गरे । ओभरको अन्तिम बलमा चौका सहित घानीले एकै ओभरमा ४५ रन बनाए । यस खेलमा घानीले ४३ बलमा ११ चौका र १७ छक्का सहित अविजित १ सय ५३ रन प्रहार गरे ।

घानीले १४ बलमा अर्धशतक तथा २८ बलमा शतक पूरा गरेका थिए । घानीको विष्फोटक इनिङको सहयोगमा लण्डनले यस खेल ७१ रनको फराकिलो अन्तरले जितेको थियो ।

२८ वर्षिय घानीले अफगानिस्तानका लागि १७ ओडिआई तथा ३५ टि ट्वान्टी आई खेलेका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.