4 months ago
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
चितवनले शनिवार अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । एनपिएलको पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली हाल बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षक समेत रहेका छन् ।

पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको चितवनले केही साता अघि मात्र आफ्नो लोगो परिवर्तन गरेको थियो । चितवन इलिमिनेटर खेलमा कर्णाली याक्ससँग पराजित हुदै चौथो स्थानमा रहेको थियो ।
चितवनले मार्की समेत रहेका कप्तान कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दिपक बोहोरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ । एनपिएलको मिनी अक्सन अर्को शनिवार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]