4 months ago
August 2, 2025
एजेन्सी – ओपनर यशस्वी जैशवालको शतकमा घरेलु टोली इङ्ग्ल्याण्डसँगको पाँचौ तथा अन्तिम टेस्ट भारत बलियो अवस्थामा रहेको छ।
ओभलमा जारी टेस्टमा घरेलु टोलीले ३ सय ७४ रनको विशाल लक्ष्य पाएको हो । पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेको छ ।
भारतका ओपनर जैसवालले १४ चौका र २ छक्काको सहयोगमा १ सय १८ रनको शतकीय इनिङ खेले । तेस्रो विकेटका लागि जैसवालले आकाश दिपसँग १ सय ७ रनको शतकीय साझेदारी गरे ।
आकाशले १२ चौकाको सहयोगमा ६६ रन बनाए । रविन्द्र जडेजा र वासिंटन सुन्दरले समान ५३ रन जोडे।धुव्र जुरेल ३४,करुण नायर १७ तथा साई सुदर्सन र कप्तान शुभमन गिल समान ११ रनमा आउट भए ।
घरेलु टोलीका लागि जोस टंगले ३० ओभरमा १ सय २५ रन खर्चिएर ५ विकेट लिए । गस एटकिन्सनले ३र जेमी ओभरटर्नले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो। ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]