default_image

4 months ago

August 3, 2025

वेस्ट इण्डिजले पाकिस्तानलाई ८ वर्षपछि हरायो

977 views

0 Bookmark

एजेन्सी – वेस्ट इण्डिजले पाकिस्तानलाई टि ट्वान्टी आईमा ८ वर्ष पछि हराएको छ ।

अमेरिकाको फ्लोरिडामा जारी सिरिजको दोस्रो खेलको अन्तिम बलमा वेस्ट इण्डिजले रोमाञ्चक २ विकेटको जित निकालेको हो ।

वेस्ट इण्डिजले सन् २०१७ मा घरेलु मैदानमा भएको सिरिजको तेस्रो खेलमा पाकिस्तानमाथि अन्तिम पटक जित निकालेको थियो ।

रोमाञ्चक जितसँगै ३ टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ । १ सय ३४ रनको सामान्य लक्ष्य पूरा गर्न वेस्ट इण्डिजलाई अन्तिम बलसम्म कुर्नु परेको थियो ।

वेस्ट इण्डिजका जेसन होल्डरले अलराउण्ड प्रदर्शन गरे । १० बलमा समान १ छक्का र चौकासहित अविजित १६ रन बनाएका उनले बलिङमा ४ विकेट लिए। २ क्याच समेत लिएका होल्डर प्लेयर अफ द म्याच भए ।

गुणकेश मोटीले २० बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । कप्तान शाइ होप २१, रोस्टन चेस १६, रोमारियो शेफर्ड १५ तथा ओपनर जिवाल एन्ड्रु १२ रनमा आउट भए ।

पाकिस्तानका मोहम्मद नवाजले ३, सैयम अयुबले २ तथा सफियान मुकिम र शाहिन शाह अफ्रिदीले समान १ विकेट आफ्नो नाम गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

पाकिस्तानका हसन नवाजले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । कप्तान सलमान आगा ३३ बलमा ३ चौका र १ छक्कासहित ३८ रन जोडे । फखर जमान १९ बलमा २० रनमा आउट भए ।

वेस्ट इण्डिजका होल्डबाहेक गुणकेश मोटीले २ तथा रोस्टन चेस, शेमार जोसेफ र अकिल होसेनले समान १ विकेट लिए । सिरिजको अन्तिम तथा निर्णायक खेल सोमवार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.