4 months ago
August 3, 2025
एजेन्सी – भारतविरुद्ध पाँचौ तथा अन्तिम टेस्टमा इङ्ग्ल्याण्ड जितको नजिक पुगेको छ।
ओभलमा जारी टेस्टमा चौथो दिनमै नतिजा आउने अवस्था थियो । तर, खराब मौसमका कारण चौथो दिनको आइतवारको खेल समाप्त भयो । नतिजाका लागि पाँचौं तथा अन्तिम दिन कुर्नु पर्ने भएको छ ।
३ सय ७४ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोलीले ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । घरेलु टोलीलाई पाँचौ दिन जितका लागि ३५ रन जोडे पुग्छ। टोलीको ४ विकेट बाँकी छ ।
भारतले जित निकाल्न ४ विकेट लिनु पर्ने हुन्छ । दोस्रो इनिङमा घरेलु टोलीका लागि जो रुट र ह्यारी ब्रुकले शतकीय पारी खेले ।

ब्रुकले १४ चौका र २ छक्कासहित १ सय ११ रन बनाए । रुटले १२ चौकाका साथमा १ सय ५ रन जोडे । ओपनर बेन डकेट ५४, कप्तान ओली पोप २७ र ज्याक क्रली १४ रनमा आउट भए ।
भारतका लागि प्रसिद्ध कृष्णाले ३, मोहम्मद सिराजले २ तथा आकाश दिपले १ विकेट लिए ।
पाँचौ दिनमा घरेलु टोलीले लक्ष्य पूरा गरे उसको टेस्ट इतिहासको दोस्रो ठूलो लक्ष्य पछ्याउँदै जित निकाल्ने छ । त्यो अवस्थामा इङ्ग्ल्याण्डले ३-१ ले टेस्ट सिरिज जित्नेछ। इङ्ग्ल्याण्डले भारतविरुद्ध नै सन् २०२२ मा ३ सय ७८ रनको लक्ष्य पूरा गरेको थियो ।
पहिलो इनिङमा २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३ सय ९६ रन जोडेर ३ सय ७३ रनको अग्रता लिएको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा २ सय २४ रन बनाएको थियो । घरेलु टोलीले पहिलो इनिङमा २ सय ४७ रन जोडेको थियो। ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्ड २-१ ले अघि छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]