default_image

4 months ago

August 5, 2025

एनपिएल २ अक्सन : ३७ खेलाडीमा मात्र बोली लाग्ने !

4316 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यसै साता हुनेछ। यस पटकको अक्सनलाई मिनी अक्सनको नाम दिइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार मिनी अक्सनमा सहभागी हुन ४ सय ५८ जनाले नाम दर्ता गराएका छन् ।

लिगमा सहभागी ८ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक समितिले तयार गरेको मापदण्ड अनुसार रहने खेलाडीको अन्तिम सुची जारी भएको छैन ।

लिगमा सहभागिताका लागि दर्ता गराउनेको संख्या धेरै रहे पनि यस पटकको अक्सनमा केबल ३७ खेलाडी माथि मात्र बोली लाग्नेछ ।

एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।

५१ खेलाडी टोलीहरुसँगै रहँदा ३७ खेलाडीको स्थान रिक्त छ ।

५१ खेलाडी (मार्की समेत) लाई रिटेन गरेपछिको टिमहरुको अवस्था यसप्रकार छ :

१) जनकपुर बोल्ट्स – मार्की खेलाडी आसिफ शेख

श्रेणी ‘ए’ अनिल कुमार साह, ललितनारायण राजवंशी र किशोर महतो
श्रेणी ‘बी’ रुपेश सिंह
श्रेणी ‘सी’ शुभ कंसाकार र तुल बहादुर थापा

२) सुदूरपश्चिम रोयल्स – मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी

श्रेणी ‘ए’ आरिफ शेख, विनोद भण्डारी र अभिनास बोहोरा
श्रेणी बी इशान पाण्डे
श्रेणी सि नरेन साउद

३) कर्णाली याक्स – मार्की खेलाडी सोमपाल कामी

श्रेणी ‘ए’ नन्दन यादव र गुलशन झा
श्रेणी ‘बी’ अर्जुन घर्ती रिक्त
श्रेणी ‘सी’ दीपेन्द्र रावत, यूनिश विक्रम सिंह ठकुरी र विपिन शर्मा (पहिलो संस्करणको एनपिएलमा ट्यालेन्ट हन्टबाट छानिएका शर्मालाई कर्णालीले सी श्रेणीमा राखेर रिटेन गरेको हो ।)

४) चितवन राइनोज – कुशल मल्ल मार्की खेलाडी

श्रेणी ‘ए’ रिजन ढकाल र कमलसिंह ऐरी
श्रेणी ‘बी’ अमरसिंह राउटेला र दिपक बाहोरा
श्रेणी ‘सी’ गौतम केसी

५) काठमाडौं गोर्खाज – करण केसी मार्की खेलाडी

श्रेणी ‘ए’ राशिद खान, शाहब आलम र भीम सार्की
श्रेणी ‘बी’ दीपेश कंडेल
श्रेणी ‘सी’ प्रतिक श्रेष्ठ

६) विराटनगर किंग्स – सन्दीप लामिछाने मार्की खेलाडी

श्रेणी ‘ए’ लोकेस बम, प्रतिस जिसी र बसिर अहमद
श्रेणी ‘बी’
श्रेणी ‘सी’ सुवास भण्डारी र नरेन भट्ट

७) पोखरा एभेन्जर्स – कुशल भुर्तेल मार्की खेलाडी

श्रेणी ‘ए’ सागर ढकाल र आकाश चन्द
श्रेणी ‘बी’ किरण कुमार ठगुन्ना र विपिन खत्री
श्रेणी ‘सी’ दिनेश खरेल र तृत राज दास

८) लुम्बिनी लायन्स – रोहित कुमार पौडेल मार्की खेलाडी

श्रेणी ‘ए’ विवेक कुमार यादव र सन्दीप जोरा
श्रेणी ‘बी’ तिलक राज भण्डारी
श्रेणी ‘सी’ दिनेश अधिकारी र अभिशेष गौतम

  • बोली लाग्ने श्रेणीहरु र खेलाडी संख्या

श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

  • न्युनतम अधिकतम मुल्य

श्रेणी ‘ए’ न्युनतम १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.