default_image

4 months ago

August 6, 2025

एनपिएल २ अक्सन – युवराज सहित ३५ क्रिकेटर श्रेणी ‘बी’ मा

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनको ‘बी’ श्रेणीमा लेग स्पिनर युवराज खत्री सहितका ३५ क्रिकेटरले स्थान बनाएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) ले बुधवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । सुचीमा यु-१९ टोलीका महत्वपूर्ण सदस्य रहेका युवा क्रिकेटर युवराजले समेत स्थान बनाएका हुन् ।

युवराजले भखरै राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा रहेर भारतको एनसिएमा अभ्यास गरेर फर्किएका थिए । उनीसँगै ‘बी’ श्रेणीमा रहेका अन्य खेलाडीमा गत संस्करण खेलेका तथा नखेलेका खेलाडी रहेका छन् ।

सुचीमा गत संस्करण लुम्बिनी लायन्सबाट खेलेका दुर्गेश गुप्ता र आशुतोष घिरैया रहँदा पोखरा एभेन्जर्सबाट खेलेका हरिशंकर साह र नारायण जोशी रहेका छन् । हरिशंकरले सुनम गौतमको स्थानमा पोखराबाट खेलेका लिएका थिए ।

त्यस्तै, पहिलो संस्करण कर्णाली याक्सबाट खेलेका मौषम ढकाल, भुवन कार्की र रित गौतम तथा चितवन राइनोजबाट खेलेका सन्तोष कार्की, विपिन रावल र दिपेश श्रेष्ठ समेत सुचीमा रहेका छन् ।

पहिलो संस्करणमा विराटनगर किंग्सबाट खेलेका अनिल खरेल, दिपक बोहोरा तथा काठमाडौं गोर्खाजबाट खेलेका शंकर राना, कृष्ण कार्की र सुमित महर्जन सुचीमा अटाएका छन् । जनकपुर बोल्ट्सबाट खेलेका हेमन्त धामी, शेर मल्ल, आकाश त्रिपाटी तथा सुदुरपश्चिमबाट खेलेका खडक बोहोरा, अर्जुन कुमाल, बसन्त खत्री सुचीमा रहेका छन् ।

पहिलो संस्करण नखेलेका युवराज, विशाल विक्रम केसी, सन्तोष यादव, पृथु बास्कोटा आदि श्रेणी ‘बी’ मा रहेका छन् ।

आगामी शनिवार हुने अक्सनमा श्रेणी ‘बी’ मा २३ खेलाडीको मात्र आवश्यकता छ । तर, दोस्रो चरणको अक्सनमा ‘बी’ श्रेणीमा बोली नलागेका खेलाडी स्वतः ‘सी’ श्रेणीमा झर्ने छन् । र, ‘बी’ का खेलाडीलाई ‘सी’ श्रेणीका रुपमा पनि बोली लगाउन मिल्नेछ ।

एनपिएल अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएमा १ सय ५० खेलाडी अन्तिम सुचीमा अटाएका छन् । एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको हो ।

१ सय ५० जना खेलाडीले अन्तिम सुचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए । पहिलो संस्करणको अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ (मार्की समेत) खेलाडीलाई निरन्तरता दिएका छन् ।

कुन श्रेणीमा कति खेलाडी आवश्यक

श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

न्युनतम र अधिकतम मुल्य

श्रेणी ‘ए’ न्युनतम १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्युनतम ५ लाख – अधिकतम १० लाख
श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.