4 months ago
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – वसन्त शाही ठकुरी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् ।
गोर्खाजले बुधवार सामाजिक संजालमार्फत शाहीलाई टोलीकाे प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । शाही एनपिएलको पहिलो संस्करणमा गोर्खाजको मुख्य प्रशिक्षक थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइलाई गोर्खाजले गत महिना आफ्नो मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
शाही नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दाका टोलीका सदस्य थिए । शाहीले देसाइसँगै राष्ट्रिय टोलीमा समेत सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए।

गोर्लखाजले दोस्रो संस्करणका लागि मार्की तथा कप्तान करण केसी, भीम सार्की, राशिद खान, दीपेश कंडेल, शाहब आलम र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ । एनपिएलको अक्सन शनिवार हुनेछ।
काठमाडौं पहिलो संस्करणमा ७ खेलमा ४ जितेर पाँचौं स्थानमा रहेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]