default_image

4 months ago

August 6, 2025

गुरुङको रिट खारेज

451 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

उच्च अदालत तुलसीपुर बुटवल इजलासले लुम्बिनी प्रदेश क्रिकेट संघका तत्कालीन अध्यक्ष संजय गुरुङले आफूलाई पदमुक्त गर्ने निर्णय कानुनविपरीत भएको भन्दै दर्ता गरेको रिट निवेदन खारेज भएको छ ।

अदालतको सो आदेशसंगै गुरुङ पदमुक्त भएका छन्
जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको प्रदेशको विशेष साधारणसभाले गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएको थियो ।

तर गुरुङले आफु विरुद्धको अविश्वास प्रस्ताव कानुन विपरित रहेको भन्दै अदालतमा रिट दायर गरेका थिए । सोहि रिट माथि सुनुवाई गर्दै बुधवार उच्च अदालतका न्यायाशीधहरु जगतबहादुर थापा र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयक्त इजलासले गुरुङको पक्षमा उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो ।

अदालतको उक्त आदेशसंगै लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाले गुरुङलाई गरेको पदमुक्त गरेको निर्णय सहि ठहरिएको छ । यो आदेशसंगै उनी सो पदबाट हटाइएका छन्। अदालतले साधारण सभाको निर्णय क्यानको विधान र कानूनसम्मत भनेको छ ।

तौलिहवामा भएको विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेपछि गुरुङ पदमुक्त भएका थिए । उक्त विशेष साधारण सभाले उपाध्यक्ष विनय राजभण्डारीलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

२०८१ चैत २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान)मा पठाइएको थियो । सो प्रस्तावमाथि निर्णय गर्नका लागि भन्दै क्यानले विषेश साधारणसभा गर्न पत्र दिएको हो । सोहि अनुसार जेठ ३ गते विशेष साधारणसभा गरि अविशवास प्रस्ताव पारित गरिएको थियो ।

गुरुङले आफुलाई पदमुक्त गर्ने साधारणसभाको निर्णय, क्यान लगायत ६ जनालाई प्रतिवादी बनाउँदै उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत जेठ २५ मा रिट निवेदन दर्ता गराएका थिए । अदालतको निर्णयसंगै संघले अध्यक्ष चयनका लागि पाल्पामा गर्ने भनिएको साधारणसभा बोलाउने बाटो खुलेको छ ।

गुरुङ पछिल्लो डेढ वर्ष यता संघको प्रदेश अध्यक्ष थिए । उनी रुपन्देही क्रिकेट संघका सचिव समेत हुन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यवाहक अध्यक्ष राजभण्डारीले विशेष साधारणसभाले गरेको निर्णय अदालतले बैध भनेकाले अब छिट्टै वार्षिक साधारणसभा बोलाउने बताएका छन् ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.