default_image

4 months ago

August 6, 2025

गुरुङको रिट खारेज

454 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

उच्च अदालत तुलसीपुर बुटवल इजलासले लुम्बिनी प्रदेश क्रिकेट संघका तत्कालीन अध्यक्ष संजय गुरुङले आफूलाई पदमुक्त गर्ने निर्णय कानुनविपरीत भएको भन्दै दर्ता गरेको रिट निवेदन खारेज भएको छ ।

अदालतको सो आदेशसंगै गुरुङ पदमुक्त भएका छन्
जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको प्रदेशको विशेष साधारणसभाले गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदबाट हटाएको थियो ।

तर गुरुङले आफु विरुद्धको अविश्वास प्रस्ताव कानुन विपरित रहेको भन्दै अदालतमा रिट दायर गरेका थिए । सोहि रिट माथि सुनुवाई गर्दै बुधवार उच्च अदालतका न्यायाशीधहरु जगतबहादुर थापा र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयक्त इजलासले गुरुङको पक्षमा उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो ।

अदालतको उक्त आदेशसंगै लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाले गुरुङलाई गरेको पदमुक्त गरेको निर्णय सहि ठहरिएको छ । यो आदेशसंगै उनी सो पदबाट हटाइएका छन्। अदालतले साधारण सभाको निर्णय क्यानको विधान र कानूनसम्मत भनेको छ ।

तौलिहवामा भएको विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेपछि गुरुङ पदमुक्त भएका थिए । उक्त विशेष साधारण सभाले उपाध्यक्ष विनय राजभण्डारीलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

२०८१ चैत २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान)मा पठाइएको थियो । सो प्रस्तावमाथि निर्णय गर्नका लागि भन्दै क्यानले विषेश साधारणसभा गर्न पत्र दिएको हो । सोहि अनुसार जेठ ३ गते विशेष साधारणसभा गरि अविशवास प्रस्ताव पारित गरिएको थियो ।

गुरुङले आफुलाई पदमुक्त गर्ने साधारणसभाको निर्णय, क्यान लगायत ६ जनालाई प्रतिवादी बनाउँदै उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत जेठ २५ मा रिट निवेदन दर्ता गराएका थिए । अदालतको निर्णयसंगै संघले अध्यक्ष चयनका लागि पाल्पामा गर्ने भनिएको साधारणसभा बोलाउने बाटो खुलेको छ ।

गुरुङ पछिल्लो डेढ वर्ष यता संघको प्रदेश अध्यक्ष थिए । उनी रुपन्देही क्रिकेट संघका सचिव समेत हुन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यवाहक अध्यक्ष राजभण्डारीले विशेष साधारणसभाले गरेको निर्णय अदालतले बैध भनेकाले अब छिट्टै वार्षिक साधारणसभा बोलाउने बताएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.