4 months ago
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिवार खेलाडीको मिनी अक्सन भएको छ । अक्सनबाट ३७ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भए ।
कोही एक टिमको मात्र रोजाइमा परे भने कोही खेलाडीका लागि एक भन्दा बढी टोली अक्सनमा प्रतिस्पर्धामा उत्रिए । यस्तोमा एक खेलाडीका लागि भने अक्सनमा सहभागी आठै टोलीले अधिकतम बोली लगाए ।
मोहम्मद आदिल आलम ति खेलाडी रहे जसलाई सबै टोलीले किन्न चाहे। अक्सनको अन्त्यतिर मात्र अक्सनमा आदिको नाम आएको थियो। ‘ए’ श्रेणीमा रहेका उनमा बोली लगाउनका लागि सबै टोलीले सम्हालिएर पैसा जोगाएका थिए।
उनी एनपिएल २ को अक्सन सबै टोलीको रोजाईमा पर्ने एक्लो खेलाडी हुन्। अधिक्तम १५ लाख रुपैयाँमा सबैले बोली लगाएका आदिल गोलाप्रथामा काठमाडौं गोर्खाजमा पुगे ।
प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । एनपिएलको पहिलो संस्करणमा अनिल साहमाथि सबै टोलीले अधिकतम बोली लगाएका थिए ।
अनिल गोलाप्रथामा जनकपुर बोल्ट्समा सामेल भएका थिए । च्याम्पियन जनकपुरले अनिललाई रिटेन गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]