4 months ago
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिवार खेलाडीको मिनी अक्सन भएको छ । अक्सनबाट ३७ खेलाडी विभिन्न टोलीमा अनुबन्ध भए ।
कोही एक टिमको मात्र रोजाइमा परे भने कोही खेलाडीका लागि एक भन्दा बढी टोली अक्सनमा प्रतिस्पर्धामा उत्रिए । यस्तोमा एक खेलाडीका लागि भने अक्सनमा सहभागी आठै टोलीले अधिकतम बोली लगाए ।
मोहम्मद आदिल आलम ति खेलाडी रहे जसलाई सबै टोलीले किन्न चाहे। अक्सनको अन्त्यतिर मात्र अक्सनमा आदिको नाम आएको थियो। ‘ए’ श्रेणीमा रहेका उनमा बोली लगाउनका लागि सबै टोलीले सम्हालिएर पैसा जोगाएका थिए।
उनी एनपिएल २ को अक्सन सबै टोलीको रोजाईमा पर्ने एक्लो खेलाडी हुन्। अधिक्तम १५ लाख रुपैयाँमा सबैले बोली लगाएका आदिल गोलाप्रथामा काठमाडौं गोर्खाजमा पुगे ।
प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । एनपिएलको पहिलो संस्करणमा अनिल साहमाथि सबै टोलीले अधिकतम बोली लगाएका थिए ।
अनिल गोलाप्रथामा जनकपुर बोल्ट्समा सामेल भएका थिए । च्याम्पियन जनकपुरले अनिललाई रिटेन गरेको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]