default_image

4 months ago

August 10, 2025

एनपिएल २ अक्सन – बढी रकम बचत गर्नेमा पोखरा

760 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि शनिवार मिनि अक्सनमा पोखरा एभेन्जर्स सबैभन्दा बढी रकम बचत गर्ने टोली बनेको छ ।

पोखराले अक्सन पछि सर्वाधिक २५ लाख ५० हजार रुपैयाँ रकम बचत गरेको छ । एनपिएलका लागि हरेक टोलीले खर्च लागि ९० लाख रुपैयाँ रकम तोकिएको थियो । ९० लाख रुपैयाँबाट टोलीले रिटेन गरेका खेलाडीको मुल्य घटाएर दोस्रो संस्करणका लागि खर्च रकम पाएका थिए ।

जसले पोखराले मिनी अक्सनमा ३६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने थियो । तर, पोखराले ११ लाख मात्र अक्सनमा खर्च गरेको छ ।‌

पोखराले अक्सनबाट श्रेणी ‘ए’ बाट कुनै खेलाडी किन्न सकेन । श्रेणी ‘बी’ बाट अर्जुन कुमाललाई किनेको थियो । पोखराले श्रेणी ‘सी’ बाट अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्रीलाई टोलीमा अनुबन्ध गर्यो ।

अक्सनमा सबैभन्दा कम रकम बचत गर्ने टोलीमा काठमाडौं गोर्खाज रह्यो । काठमाडौंले अक्सनबाट ५ खेलाडी किन्नलाई ३७ लाख खर्च गर्यो । काठमाडौंले अक्सनमा ४३ लाख खर्च गर्न पाउने थियो ।

काठमाडौंले श्रेणी ‘ए’ बाट मोहम्मद आदिल आलमलाई गोलाप्रथामा पाएको थियो । आदिलका लागि अक्सनमा सहभागी आठै टोलीले अधिकतम मुल्य खर्च गर्न तयार रहँदा काठमाडौंले बाजी मारेको थियो ।

काठमाडौंले श्रेणी ‘बी’ बाट सन्तोष यादव र आकाश त्रिपाठी तथा श्रेणी ‘सी’ बाट तुलबहादुर थापा र उत्तम थापा मगरलाई टोलीमा भित्र्याएको थियो ।

अक्सनमा चितवन राइनोजले सबै भन्दा धेरै रकम खर्च गर्यो। चितवनले अक्सनमा ५ खेलाडी टोलीमा भित्र्याउदा ३९ लाख रुपैयाँ रकम खर्च गर्यो । चितवनले अक्सनमा ५८ लाख रुपैयाँ खर्च गर्न पाउनेथ्यो।

चितवनले अक्सनमार्फत श्रेणी ‘ए’ का देव खनाल र अर्जुन कुमाललाई टोलीमा आबद्ध गर्यो । उसले श्रेणी ‘बी’ बाट विपिन रावल तथा श्रेणी ‘सी’ बाट विपिन आचार्य र रञ्जित कुमारलाई टिममा अनुबन्ध गर्यो ।

अक्सनमा विराटनगर किंग्सले २७ लाख खर्च गरेर ५ खेलाडी भित्र्यायो । विराटनगरले श्रेणी ‘ए’ बाट स्पिनर सूर्य तामाङलाई तथा श्रेणी ‘बी’ बाट शंकर राना, साहिल पटेल र नारायण जोशीलाई अनुबन्ध गर्यो । टोलीले श्रेणी ‘सी’ बाट श्रवण किस्कुलाई लियो ।

विराटनगर ४५ लाख ५० हजार रुपैयाँ सहित अक्सनमा बसेको थियो । खेलाडी खरिदपछि टोलीसँग १८ लाख ५० हजार रुपैयाँ बाँकी रह्यो ।

लुम्बिनी लायन्सले ४५ लाख २५ हजार रुपैयाँ मध्ये ५ खेलाडी किन्न ३२ लाख रुपैयाँ खर्च गरे पग्यो । लुम्बिनीले श्रेणी ‘ए’ मा दिलीप नाथ तथा श्रेणी ‘बी’ बाट शेर मल्ल र दुर्गेश गुप्ता अनुबन्ध गर्यो । टोलािले ‘सी’ बाट विशाल पटेल तथा आदिल खानलाई टोलीमा भित्र्यायो ।

साविक विजेता जनकपुर बोल्ट्सले अक्सनका लागि उपलब्ध ३३ लाख रकममा १९ लाख ७५ हजार रुपैयाँ खर्च गर्यो । जनकपुरले श्रेणी ‘ए’ बाट कुनै पनि खेलाडी खरिद गरेन । उसले श्रेणी ‘बी’ बाट मयन यादव र विकास आग्री तथा श्रेणी ‘सी’ बाट सचिन भट्ट र आदित्य महतालाई भित्र्यायो ।

कर्णाली याक्सले अक्सनका लागि उपलब्ध ४३ बाट २९ लाख रुपैयाँ मात्र खर्च गर्यो । कर्णालीले श्रेणी ‘ए’ का पवन सर्राफ किन्यो । टोलीले श्रेणी ‘बी’ बाट युवराज खत्री तथा श्रेणी ‘सी’ बाट इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गर्यो ।

साविक उपवजितेता सुदूरपश्चिम रोयल्सले अक्सनका लागि उपलब्ध ४१ लाख ५ हजार रुपैयाँबाट ५ खेलाडीका लागि २४ लाख रुपैयाँ खर्च गर्यो

सुदूरपश्चिमले श्रेणी ‘बी’ बाट हेमन्त धामी, दिपक बोहोरा र मिलन बोहोरालाई लियो । श्रेणी ‘सी’ बाट दिपेन्द्र थापा र टेकबहादुर रावतलाई अनुबन्ध गर्यो ।

अक्सनमा ८ टोलीले ३७ खेलाडका लागि २ करोड १८ लाख ७५ हजार रुपैयाँ खर्च गरे । अक्सनबाट श्रेणी ‘ए’ का ६, श्रेणी ‘बी’ का १५ र श्रेणी ‘सी’ बाट १६ खेलाडी विक्री भए।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.