default_image

4 months ago

August 10, 2025

अस्ट्रेलियासँग दक्षिण अफ्रिका पराजित

528 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पहिलो टि ट्वान्टी आईमा १७ रनले हराएको छ।

डार्विन मरेरा ओभलमा भएको खेलमा हराउँदै अस्ट्रेलियाले ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकी ओपनर रायन रिकल्टनले ५५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७१ रन जोडे। ट्रिस्टन स्टब्स २७ बलमा ३७ तथा लुअन टर प्रिट्रोरियस १४ रन बनाए ।

अस्ट्रेलियाका बेन ड्वारशुस र जोस हेजलवुडले समान ३, एडम जाम्पाले २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेको थियो।पहिले ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ७८ रन बनायो ।

अस्ट्रेलियाका टिम डेविडले ५२ बलमा ४ चौका र ८ छक्कासहित मा सर्वाधिक ८३ रन जोडे । ८ ओभर भित्र ६ विकेट गुमाएर संकटमा परेको अस्ट्रेलियाका लागि डेविड र बेन ड्वारशुसले ४२ बलमा ५९ रनको साझेदारी गरे ।

ड्वारशुस १९ बलमा १७ रन बनाए । क्यामरुन ग्रिन १३ बलमा ४ चौका र ३ छक्कासहित ३५ जोडे । कप्तान मिचेल मार्श १३, नाथन एलिस १२ रनमा आउट भए ।

दक्षिण अफ्रिकी क्विनी मफाकाले ४, कागिसो रबाडाले २ तथा लुंग्गि एन्गिडी, जर्ज लिन्डे र सेनुरुन मुथुस्वामीले समान १ विकेट लिए । दोस्रो टि ट्वान्टी आई मंगलवार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.